logo
२०८० चैत्र १५ बिहीवार



उपत्यका भित्रने माथि कडाई गरिदै, छिर्नुअघि नाकामा स्वास्थ्य जाँच

फिचर |
प्रदेश |


उपत्यका भित्रने माथि कडाई गरिदै, छिर्नुअघि नाकामा स्वास्थ्य जाँच
फाईल तस्विर


गाेरखापत्र अनलाइन
काठमाडौं , चैत्र १८ गते । कोरोना संक्रमण जोेखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यका छिर्ने व्यक्तिमाथि नाकामा ज्वरो नाप्ने काम अगाडि बढाइएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले नाकामा ज्वरो आएको वा कोरोनाको लक्षण शंका देखिएका मानिस माथि ज्वरो नाप्ने काम भइरहेको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

चार दिन अघि देखि ‘नाकामा रहेका हेल्थ डेस्कमा जनस्वास्थ्य कार्यालयबाट खटिएकाले कर्मचारीले ज्वरो नाप्ने काम गरिरहेको उहाँले बताउनुभयो । कोरोनाको जोखिम बढिरहेकोले आगामी दिनमा अझ कोरोना संक्रमण भित्रन नदिन अझै कडाईका साथ काम अघि बढाउने समेत उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?