logo
२०८१ बैशाख ८ शनिवार



बलेवा विमास्थल धावनमार्ग कालोपत्रेको अन्तिम तयारी (फोटो फिचर)

फिचर |
पढ्नै पर्ने |


बलेवा विमास्थल धावनमार्ग कालोपत्रेको अन्तिम तयारी (फोटो फिचर)


नवीन शिशिर विक
बागलुङ, फागुन २३ गते । बागलुङको बलेवा विमानस्थल धावन मार्ग कालोपत्रेको अन्तिम तयारीमा छ ।
विमानस्थल क्षेत्रको भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको हुँदा ‘रनवे’ कालोपत्रे गर्ने तयारी गरिएको हो । विमानस्थलको भौतिक प्रगति ७५ प्रतिशत रहेको विमानस्थल निर्माण कम्पनीका इन्जिनियर चिरञ्जीवी खडकाले जानकारी दिनुभयो ।
विमान स्थल परिसरमा मेसिनरीवाल, सववेश, बेस, तारबार तथा नाली निर्माणको काम सकिएको हुँदा धावन मार्ग कालोपत्रेको काम मात्र बाँकी रहेको उहाँले बताउनुभयो । कालोपत्रेको लागि तापक्रम नपुगेको हुँदा तत्काललाई रोकिएको छ । चैत्र दोस्रो हप्तादेखि कालोपत्रेको काम हुने उहाँको भनाइ छ ।
आगमी जेठ महिनासम्म तयारी विमानस्थल नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण गर्ने इन्जिनियर खडकाले बताउनुभयो । गत फागुन सम्पन्न हुनुपर्ने विमानस्थलको काम कोरोनाको कारण प्रभावित भएको थियो । सरकारले थप गरेको समय सीमाभित्र नै निर्माण काम सकिने निर्माण कम्पनीको भनाइ छ ।
काष्ठमण्डप एण्ड उमादेवी कम्पनी जेभीले सात करोड २४ लाख रुपियाँमा २०७७ फागुन महिनाभित्र धावनमार्ग कालोपत्रे, विमानस्थलका दायाँ बायाँ नाली तथा तारजालीको काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । सरकारले ६ महिना अवधि थप गरेको छ ।
विमानस्थलको ६ सय मिटर लम्बाइ तथा २३ मिटर चौडाइ धावनमार्ग कालोपत्रे हुनेछ । साढे दुई दश (२६ बर्ष ) बन्द अवस्थमा रहेको विमानस्थल बागलुङ नगरपालिकालमा जनप्रतिनिधि आएपछि जनप्रतिनिधिको पहलमा २०७४ चैत्र ९ गतेबाट पुनः संचालनमा आएको थियो ।
नेपाल एयरलाइन्स र तारा एयरलायन्सका जहाजले केही महिना उडान भरे पनि हिलो र धुलोको कारण नियमित उडान हुन सकेको थिएन । राष्ट्रिय गौरवको सडक आयोजना कालीगण्डकी करिडोरसँग जोडिएको विमान स्थल बागलुङ बजारदेखि १३ किलो मिटरको दूरीमा छ । हवाई सेवन नियमित भएमा बागलुङका साथै छिमेकी पर्वत, म्याग्दीका जनतालाई सुविधा पुग्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?