logo
२०८१ बैशाख ५ बुधवार



प्रधानमन्त्री ओलीले आइतबार ‘कोभिशिल्ड’ लगाउनु हुने   

मुख्य समाचार |


प्रधानमन्त्री ओलीले आइतबार ‘कोभिशिल्ड’ लगाउनु हुने   
फाईल तस्विर


काठमाडौँ, फागुन २२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबार कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउनु हुने भएको छ ।  
 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले आज यहाँ सञ्चारकर्मीसँग भएको ‘कोभिड–१९ खोप अभियान’ सम्बन्धी अन्तरक्रियामा प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा बिहान १० बजे खोप लगाउनुहुने कार्यक्रम रहेको जानकारी दिनुभयो ।    
    
 सरकारले भोलिदेखि नै दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप सञ्चालन गर्दैछ । सो अवसरमा करीब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्ने लक्ष्य रहेको बताइएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?