logo
२०८० चैत्र १५ बिहीवार

  सुर्खेत जुम्ला सडक मर्मत  



जोखिम सडकमा कतै 'ब्लक' राखियाे, कतै कालोपत्रे

पढ्नै पर्ने |
प्रदेश |


जोखिम सडकमा कतै 'ब्लक' राखियाे, कतै कालोपत्रे
सुर्खेत जुम्ला सडक खण्डको पिलिको जोखिम सडकमा ब्लक बिछाएर मर्मत गरिदै तस्वीर ः 


प्रेमराज सिम्खडा
कालीकोट, फागुन १९ गते । निकै जोखिम मानिएको सुर्खेत जुम्ला सडक खण्डका अति जोखिम ठाउँको मर्मत भइरहेको छ । कालीकोटको सदरमुकाम मान्मदेखि नाग्म खण्डको पिलि भीरमा बलक विछाएर सडकको सुधार गरिएको छ । आरसीसी पिच गर्दा पनि एकै वर्षामा जीर्ण बनिरहेको पिलि खण्डमा यसपालिका ब्लक बिछाएर परीक्षण गरिन थालिएको हो ।
सडक डिभिजन कार्यालय जुम्लामा यो पटक ब्लक बिछाएर हेर्न र यो ब्लक पनि भत्किएको खण्डमा अर्को वर्ष पूरै ढलान गर्ने सोच बनाएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख लीलाबहादुर भण्डारीले प्रत्येक वर्ष मर्मत गदै आएपनि एक वर्षदेखि अर्को वर्षसम्म नरहने भएपछि यसपालिका ब्लक हालेर बाटो बनाएको बताउनुभयो । प्रमुख भण्डारीले यो पनि टिकेन भने अर्को वर्ष पूरै डबल जाली लगाएर ढलान गर्नेछाैं ।
यो खण्डले सबैलाई दुःख दिएको कार्यालयको पनि बुझाइ छ । सागुरो सडक त्यसै माथि खाँडाचक्र नगरपालिकाले साहयक सडक बनाउँदा थुप्रिने माटोले मूल सडक थप बिग्रदै गएकाले वर्षाको समयमा हप्तौंसम्म यातायातका साधन अवरोध हुदै आउने भएकाले पिली खण्डलाई निकै जोखिम मानिएको छ । तल माथि पूरै चट्टान भएकाले यातायातका साधनलाई सडक बन्दको समयमा रोकेर राख्न पनि जोखिममा छ । भिरवाट अरु ढुङगा खसेमा थप दुर्घटना हुने डर भएकाले यो खण्डलाई विशेष महत्वका साथ हेरिदै आएको छ ।
सडक खण्डको कालीकोट सदरमुकाम मान्म जिरो प्वाइन्टदेखि जिल्ला अस्पतालसम्मको तीन किलोमिटर सडक कालोपत्रे गरिएको छ । प्रदेश नम्वर १ र प्रदेश दुईबाट दक्ष कामदार ल्याएर सडक कालोपत्रे गरिएको हो । सडक डिभिजन प्रमुख भण्डारीले यतातिर सडक कालोपत्रे गर्ने कामदार नै नपाउने भएकाले विराटनगर लगायत ठाउँबाट कामदार ल्याएर आएको बताउनुभयो । कालीकोटको सेरीघाट, खडिखोला, पिलि, नाग्म, भिग्म, कालेखोला क्षेत्रका सडक मर्मत भइरहेका छन । यसपालिको जोखिम सडक मर्मत भएमा आगामी वर्षातको यात्रा सहज हुने अनुमान गरिएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?