logo
२०८० चैत्र १५ बिहीवार



बोरसिया डर्टमन्ड सेमीफाइनलमा पुग्यो

खेलकुद |


बोरसिया डर्टमन्ड सेमीफाइनलमा पुग्यो
तस्विर–गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १९ गते । जौडन साञ्चोले गर्नुभएको एक मात्र गोल निर्णायक भएपछि बोरसिया डर्टमन्ड जर्मन कपको सेमीफाइनलमा पुगेको छ । बोरसिया डर्टमन्डले बोरसिया मोञ्चेङ्लाब्याकलाई १–० ले हराएको हो ।
इंग्लीश फरवार्ड साञ्चोले एक घण्टाको खेल बितेको केही मिनेट नबित्दै तीब्र वेगमा गर्नुभएको एक मात्र गोल नै डर्टमन्डलाई सेमीफाइनलसम्म पुग्न पर्याप्त भयो । प्रशिक्षक मार्को रोजले अगामी संस्करणमा डर्टमन्डमा आबद्ध हुने घोषणा गरे यता ग्लाब्याकको यो लगातार चौथो हार हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?