logo
२०८० चैत्र १६ शुक्रवार



रुखमा झुण्डिएको अवस्थामा पुरुषको शव फेला

प्रदेश |


रुखमा झुण्डिएको अवस्थामा पुरुषको शव फेला
सांकेतिक तस्वीर


मकवानपुर, फागुन १९ गते । जिल्लाको हेटौँडा उपमहानगरपालिकामा आज बिहानै एक पुरुषको शव फेला परेको छ । बिहानै हेटौँडा–१६ हटियास्थित बकाइनोको रुखमा झुण्डिएको अस्वथामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अमर गजमेरका अनुसार उक्त शव स्थानीयवासी ५० वर्षीय रामकृष्ण बलामीको रहेको बुझिएको छ । हाल घटनास्थलमा इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफ्लेको टोली रहेको जनाइएको छ । मृतकको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइने तयारी हुनुका साथै उक्त घटनाका विषयमा थप अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

टाउकामा ढुङ्गा लाग्दा बालिकाको मृत्यु

डोटी– डोटीमा भीर माथिबाट खसेको ढुङ्गा टाउकामा लागेर सायल गाउँपालिका–१ छपाली पुजारागाउँकी ११ वर्षीया बालिका समीक्षा पुजाराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार जङ्गलबाट बाख्रा चराएर घर ल्याउन हिँडेकी समीक्षाको मङ्गलबार साँझ टाउकामा ढुङ्गा लाग्दा मृत्यु भएको हो ।

मृतक बालिकाको शव परीक्षणका लागि अहिले जिल्ला अस्पताल डोटीमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । विद्यालय बिदापश्चात् घरबाट खाजा खाएर जङ्गल बाख्रा ल्याउन हिँडेकी निज बालिकासँग अन्य दुई बालबालिकासमेत रहेको तर ती बालबालिका भागेर बाँच्न सफल भएको स्थानीयवासी बलबहादुर पुजाराले जानकारी दिनुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?