logo
२०८० चैत्र १५ बिहीवार



जडीबुटीको कमाइले फेरियाे घरका छाना

प्रदेश |


जडीबुटीको कमाइले फेरियाे घरका छाना


राजन रावत
हुम्ला, फागुन १८ गते । दुई वर्ष अगाडिसम्म माटोले छापेका घरका छाना अहिले जस्ता पाताले गाउँवासी छाप्न सफल हुनुभएको छ । जडीबुटीबाटै कमाइ राम्रो हुँदा घरको छाना परिवर्तन गर्न स्थानीय सफल हुनुभएको हो ।
जडीबुटीको कमाइबाट माटोले छापेको घरको छाना जस्तापाताले छाप्न सफल भएको सिमकोट गाउँपालिका वडा नम्बर १ को दोजाम गाउँका ललिता लामाले बताउनुभयो । प्रत्येक वर्ष सिजनमा पाँचदेखि सात लाख जडीबुटी संकलनबाटै कमाई गर्ने उहाँले घरको छाना जस्तापाताले छापेपछि हिउदमा हिउ फाल्ने बाध्यता हटेको र वर्खामा पानी चुहिने झण्झटबाट मुक्ति मिलेको बताउनुभयो । एकै वर्षको कमाइले घरको छाना जस्तापाताले छाउन सफल भएको उहाँले बताउनुभयो । जडीबुटीबाट भएको कमाइले घरको छाना मात्र नभएर केटाकेटीको पठनपाठन, सिमकोट, नेपालगंज र सुर्खेतमा जग्गा खरिद गर्न पनि स्थानीय सफल भएको उहाँले बताउनुभयो ।
सिमकोट गाउँपालिका वडा नम्बर १ को दोजाम गाउँका स्थानीयले जडीबुटीको कमाईले माटोले छापेका घरका छाना अहिले जस्तापाताले छाप्न सफल भएको वडा अध्यक्ष ताराबहादुर लामाले बताउनुभयो । ७४ घरधुरी रहेको दोजाम गाउँमा सात घरधुरीले मात्र जस्तापाताले घरको छाना छाउन बाँकी रहेको अन्य सबै घरधुरीले जस्तापाताले छाना छाउन सफल भएको उहाँले बताउनुभयो । असोज र कात्तिक महिनामा जडिबुटी संकलन गरी कमाएको पैसाबाट घरको छाना परिवर्तन गर्न सफल भएको उहाँले बताउनुभयो । प्रतिपरिवार पाँचदेखि पन्द्र लाख रुपियाँ स्थानीयको कमाइ हुने उहाँले बताउनुभयो । घरको परिवार संख्या अनुसार गाउँलेले कमाइ हुने गर्छ । जटामसी, कुट्की, सेताक चिनी लगाएतका जडीबुटी चुवाखोला क्षेत्रमा राम्रो हुने भएको कारण दोजाम गाउँवासीको मुख्य कमाइको स्राेत नै जडीबुटी रहेको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?