logo
२०८० चैत्र १६ शुक्रवार



भालुपहाडको घुम्ती कटान चाँडो सक्न निर्देशन

फिचर |
प्रदेश |


भालुपहाडको घुम्ती कटान चाँडो सक्न  निर्देशन
तस्विरः अर्जुन काफ्ले


अर्जुन काफ्ले
स्याङ्जा, फागुन १५ गते ।भालुपहाडको घुम्ती कटानमा निर्माण कम्पनीले काममा ढिलाइ गरेपछि सडक डिभिजनले काम चाँडो सम्पन्न गर्न निर्देशन दिएको छ । लामो समयदेखी घुम्ती कटान गर्दा यात्रुहरुले दुख पाएको जनगुनासो र सम्झौताको समयमा काम नसकेपछि सडकले पत्र काटेर काम चाँडो सक्न निर्देशनदिएको हो ।

गत कार्तिक ३० गते काम सक्ने गरी जेठ ८ गते सम्झौता गरेको प्रदिप –जुम्ली –साइन जेभी रुपन्देहीले थप चार महिना सकिदाँ समेत काम नसकेको हो । सिदार्थ राजमार्ग हुँदै गुड्ने सयौं सवारी साधन र हजारौं यात्रुले १०महिनादेखि सास्ती भोग्नुपरेको हो ।

यहाँबिरामी र सेवाका लागि हिँड्ने यात्रुलाई त झनै यसले प्रभावित बनाएको छ बिहानको समयमा हुने कामलाई अघिल्लो दिनमै हिँड्नुपर्ने वाध्यता रहेको छ । निर्माण कम्पनीले दुई करोड ९१ लाख ३२ हजार ५१६ रुपियाँ ३० पैसामा कुभिण्डे देखि नागडाडाँ सम्म ५१ हजार ६३२ घमी माटो कटान, १५ हजार ७५२ घमी हार्डरक कटान, ५४३ घमी मेसिनरी वालनिर्माण र तीनहजार ८४० स्वायर मिटर प्रिमिक्स कालापत्रे गर्ने गरी सम्झौत गरेको सडकका इन्जिनिय ठाकुर भण्डारीले बताउनुभयो ।

निर्माण कम्पनी म्याद गुज्रेको चार महिनासम्म ७५ प्रतिशतकाम सकेको छ भने बाँकी काम चाडो सक्न निर्देशन सडक दिएको हो । यहाँ स्थानीय प्रशासनले प्रत्येक घण्टामा यात्रुलाई वारपार गर्ने व्यवस्था मिलाउन निर्देशन दिए पनि सो कार्यान्वयन हुन नसकेको स्थानीयको गुनासो छ ।

सडक प्रयोग गर्ने यात्रुलाई समस्या नपर्ने गरी काम गर्न र स्थानिय प्रसासनको निर्णयलाई पालना गर्न डिभिजन सडकका प्रमुख सुनिलबाबु पन्तले पत्रमार्फत निर्देशन दिनुभएको छ । फेदि खोला गाउँपालिका अन्र्तगत प्राकृतिक भालु पहाडलाई बिगत ६ महिनादेखि ठूल्ठूला मेशिनका प्रयोग गरी भत्काइएको छ भने ठूला मेशिनका प्रयोगले थर्केको जमिने वर्षातमा असर पर्छ कि भन्ने स्थानीयमा त्रास बढेको छ ।

कोरोना तथा पटक पटक सडक यातायात सुचारु गर्न ढिलाइ भएको र दुई दुई घण्टामा बाटो खोल्ने ब्यवस्था गरेमा अबको एक महिनामा काम सक्ने निर्माण कम्पनीका प्रतिनिधी कुमार खड्काकाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?