logo
२०८१ बैशाख १३ बिहीवार

सिमकोट विमानस्थल सुधार तीव्र गतिमा, छिट्टै सम्पन्न हुने

फिचर |
पढ्नै पर्ने |
फोटो फिचर |


2021-02-24-32598


राजन रावत
सिमकोट फागुन १२ गते । पर्यटकीय सम्भावना बोकेको हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलको विकास तथा स्तरोन्नति एकसाथ भएकाे छ । विमानस्थलको बविकास र थप निर्माणले हवाई सेवा सहज रुपमा सुचारु हुने भएपछि  पर्यटन ब्यवसाय बढी फस्टाउने देखिएको हो ।
सिमकोट विमानस्थल आयोजनाका फिल्ड इन्चार्ज ईन्जिनीयर अजयकुमार गुताका अनुसार हाल विमानस्थलको एप्रोेन कालोपत्रे, विमानस्थल घेरवार र नयाँ एप्रोन निर्माणका काम अन्तिम चरणमा  छन् । ती योजनाहरुमा कालोपत्रे काम ७० प्रतिशत, घेरवार ९० प्रतिशत र नयाँ एप्रोनको निर्माण काम ५० प्रतिशत सम्पन्न भएको र आगामी असार मसान्तसम्म सम्पन्न गरेर सञ्चालनमा आउने उहाँले बताउनुभयो । दुई वटा योजनाको काम हाल भई रहेको भएपछि चिसोको कारण बाँकी कालोपत्रेको काम भने रोकिएको छ ।
सिमकोट बिमानको चाप देखेर नै हाल तीन वटा नायँ योजनाहरु एकसाथ निर्माणका क्रममा रहेको नागरिक उड्डयान प्राधिकरणका सिमकोट शाखाले जनाएको छ ।
हालको एप्रोनमा नियमानुसार तीन वटा जहाजलाई पार्किङ गर्नु पर्नेमा बाध्यताको कारण माथिल्लो निकायमा अनुरोध गरेर पाँच वटासम्म जहाज पार्किङ गर्नुपरिरहेको छ । त्यो सँगै अर्को हेलिकोप्टरको एप्रोनमा दशदेखि बाह्र वटा हेलिकोप्टरले पार्किङ गर्नुपर्ने बाध्यता छ । सिजनमा हेलिकोप्टरको संख्या बृद्धि हुँदा खाली जग्गामा हेलिकोप्टरलाई पार्किङ गर्नुपरेको थियो ।
नयाँ एप्रोनको काम सम्पन्न भएपछि विमानस्थलमा तीन वटा एप्रोन हुने र सिजनमा हवाई जामको समस्या समधान हुनेछ । त्यसैगरी विमानस्थलको घेराबार जीर्ण भएको बेला नयाँ घेराबारको निर्माण कार्यले विमानस्थललाई सुरक्षा प्रदान गर्न सहज हुनेछ । त्यस्तै कालोपत्र उप्किएर हवाईजहाजलाई ल्याण्ड गर्न कठिन भएको बेला नयाँ कालोपत्रको कामले विमान अवतरण कार्यलाई सहज बनाएको छ । पर्यटकीय सिजनमा दैनिक ४५ वटासम्म हवाईजहाजले नेपालगंज र सुर्खेतबाट उडान भर्ने र सिमकोटबाट हिल्सामा हेलिकोप्टरले १०५ वटासम्म उडान भर्दा भोगिएका समस्या अब समाधान हुने विश्वास लिइएको छ ।