logo
२०८० चैत्र १६ शुक्रवार



डिजिटल सिकाई अभियानको तनहुँबाट शुभारम्भ

फिचर |
प्रदेश |


डिजिटल सिकाई अभियानको तनहुँबाट शुभारम्भ
तस्विरः अमरराज नहर्की


अमरराज नहर्की
तनहुँ, फागुन ११ गते । किताबी ज्ञानका साथै प्राविधिक सीपले पनि शिक्षक र विद्यार्थी दुवैलाई योग्य बनाउन मङ्गलबार तनहुँबाट डिजिटल सिकाई अभियानको सुरुवात गरिएको छ । स्थानीय तहको सहकार्यमा एकिकृत हरित विकास नेपालले अभियानको थालनी गरिएको हो ।

विद्यालयलाई प्रविधिमैत्री बनाएर शिक्षणलाई प्रभावकारी बनाउन स्थानीय तहको सहकार्यमा देशै भरी लैजाने गरी अभियान सुरुवात गरिएको एकिकृत हरित विकास नेपाल काठमाडौंका अध्यक्ष कमलहरी जिसीले जानकारी दिनुभयो । अभियानको व्यास नगर पालिका–१० दुम्सी स्थित शिव माध्यामिक विद्यालयबाट अभियानको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलले शुभारम्भ गर्नुभयो ।

सो अवसरमा नगर प्रमुख न्यौपानेले अधिकांश विद्यार्थीको हातहातमा मोबाईल भईसकेको र तिव्र ज्ञान लिने उनिहरुको चाहानालाई पुरा गर्न डिजिटल सिकाई अनिवार्य भएको बताउनुभयो । ‘‘नयाँ नयाँ परिवर्तन आईरहेको हुन्छ त्यसलाई समाप्न सकेनौं भने पुरानो तिर भयो भने राम्रो हुँदैन’’ नगर प्रमुख न्यौपानेले भन्नुभयो ।

विद्यार्थीको हातहातमा मोबाईल भईसकेको छ । हाम्रो शैक्षिक जनशक्ति पुरानै ढर्राको भएको उल्लेख गर्दै नगर प्रमुख न्यौपानेले गाईड लिएर २०–२५ पुरानो नोट लिएर गएर पढाउने जमना नभएको बताउनु भयो । शिक्षा प्रदान गर्ने सङ्घ सस्थाहरुले आगामी चुनौतीको सामना गर्न अगाडी आउने कुरालाई पहिल्यै सोचेर काम गर्नु पर्ने उहाँको भनाई थियो ।

कोरोनाले अलमलिएको अवस्थामा पनि धेरै विद्यालय प्रविधिमैत्री नभएकाले पठन-पाठन अवरुद्ध भएको स्मरण गर्दै नग प्रमुख न्यौपाने समाजको परिवर्तन भएकाले विद्यार्थीले एकदमै नयाँ कुरा सिक्न चाहेकोले शिक्षकहरु पनि डिजिटल सिकाईको ज्ञान हुनु पर्ने बताउनु भयो ।

डिजिटल सिकाई प्रभावकारी हुने भएकोले नगरपालिकाले विद्यालय प्रविधि मैत्री बनाउन मद्धत गरिरहेको बताउनुभयो । व्यास नगरपालिकाले नगर क्षेत्रको विद्यालयको लागि डिजिटल अफलाइन, कम्युटर सफ्टवयरको लागि चार लाख रुपियाँ र एकिकृत हरित विकास नेपालले ३ लाख ५० हजार रुपियाँ सहयोग गर्ने निर्णय भएको एकिकृत हरित विकास नेपालका कार्यक्रम संयोजक श्रीकृष्ण आचार्यले जानकारी दिनुभयो।

नगरपालिकाले यस्तो सिकाईको आवश्यकता पहिचान गरी कितावी ज्ञानका अतिरिक्त प्रविधिमैत्री बनाउन शिक्षकलाई तालिम तथा कम्प्युटर, ल्याबटव, प्रोजेक्टर, पिन्टन्र, प्रदान गर्ने कार्यलाई प्राथमिकता दिएकोले व्यास नगरपालिकाबाट शुरुवात गरिएको संयोजक आचार्यको भनाई छ ।

स्थानीय सरकारले शिक्षा क्षेत्रमा पहिलो सकरात्मक कदम चालेको शुभारम्भ कार्यक्रममा दमौली स्थित आदिकविभ भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खले महेशले बताउनुभयो । ‘‘भौतिक पूर्वाधार मात्रै भएर हुँदैन निकास र विकासको लागि विद्यालयलाई प्रविधिमैत्री बनाउन अनिवार्य छ’’ हड्खलेले भन्नुभयो ।

प्रयोगात्मक रुपमा कसरी कम्प्युटर सिकाउने ज्ञान नहुँदा विद्यार्थी सिकाउनै मुस्किल हुने गरेकाले विद्यालयका सबै शिक्षकलाई आधारभूत कम्युटर तालिम प्रदान गरिएको शिव माध्यामिक विद्यालयका प्रधानाध्यापक तिर्थराज परियारले जानकारी दिनुभयो ।
कम्प्युटरको ज्ञान प्राप्त भएका शिक्षक भएकाले कोरोना महमारीको समयमा अनलाईनबाट पठन पाठन सञ्चालन गर्न सकिएको उहाँले बताउनुभयो ।

कम्प्युटरको युगमा प्रयोगात्मक प्रविधिको ज्ञानसीप अभाव शिक्षा गुणस्तरको बन्न नसक्ने भएकोले व्यास नगरपालिकाका ७५ वटै विद्यालयलाई प्रविधि मैत्री बनाउने काम भईरहेको व्यास नगरपालिकाका शिक्षा शाखाका अधिकृत नविन पराजुलीले जानकारी दिनुभयो ।

शिक्षकमा विषयवस्तु र शिक्षण कलाले मात्र नभएर प्राविधिक ज्ञान पनि अत्यावश्यक भएकोले अभियान सुरु गरिएको एकिकृत हरित विकास नेपालका उपाध्यक्ष रामदक्त पौडेलले बताउनुभयो । शिक्षणको लागि आवश्यक सूचना सङ्कलन, सम्प्रेषण, एवम् कम्प्युटर, हार्डवेयर, सफ्टवेयर, नेटवर्क, इन्टरनेट लगायतका प्रविधिको ज्ञान विद्यालयमा नै पुगेर प्रदान गरिने उपाध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

शिक्षाका पाठ्यक्रम निर्माणदेखि त्यसको कार्यान्वयन र मूल्यांकनका सम्पूर्ण अवधिमा सूचना तथा प्रविधिको महत्वपूर्ण भूमिका हुने भएकोले अभियान थालिएको उहाँ बताउनुहुन्छ ।शैक्षिक प्रतिष्ठानहरुमा जुनसुकै काम र क्रियाकलापलाई अघि बढाउने हो भने सूचना प्रविधिबिना अघि बढाउने प्रयत्न गरिएमा त्यो अपूर्ण हुन्छ भन्ने मान्यतालाई सबै पक्षले स्वीकार्नुपर्छ ।

शिक्षा तथा सूचना र सञ्चार प्रविधिबीच गहिरो सम्बन्ध छ । शिक्षामा प्रविधिको प्रयोग आजको शिक्षा प्रणालीभित्रको महत्वपूर्ण अवयवको रुपमा रहन गएको छ । टेलिभिजन, कम्प्युटर, प्रोजेक्टर, डिजिटल क्यामेरा तथा इमेल इन्टरनेट जस्तो सूचना तथा सञ्चार प्रविधिका उपकरणहरू शिक्षण सामग्रीका रूपमा परम्परागत सामग्रीभन्दा बढी सान्दर्भिक, उपयुक्त, दक्ष र प्रभावकारी भएकोले अभियान सफल हुने विश्वास उपाध्यक्ष पौडेलको छ ।

चित्र, रङ्ग र ध्वनिको सम्मिश्रण हुने हुनाले यसबाट प्रभावकारी शिक्षा प्रदान गर्न सम्भव हुने शिव माध्यामिक विद्यालयका कम्युटर शिक्षक विनोद पौडेलले बताउनुभयो । ग्रामीण भेगमा दूर शिक्षाको माध्यमबाट शहरी क्षेत्रको सुविधासम्पन्न विद्यालयमा भएका विविध शैक्षिक क्रियाकलाप एवम् पठनपाठनका तरिका देखाउन सकिन्छ ।

भौतिक पूर्वाधारको अभावमा प्रयोगात्मक कक्षा हुन नसक्ने ठाउँमा अन्यत्र भएका प्रयोगात्मक कक्षाको श्रव्यदृश्य सामग्रीको प्रयोग गरेर देखाउन सकिने उहाँ बताउनुहुन्छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?