logo
२०८१ बैशाख १४ शुक्रवार

हिमपातपछि भरिपूर्ण धौलागिरी ! (फोटो फिचर)

फिचर |
पढ्नै पर्ने |
फोटो फिचर |


2021-02-09-31714
तस्बिर नविन शिशिर विक


नवीन शिशिर विक
बागलुङ, माघ २७ गते । गत शुक्रबार र शनिबार भएको हिमातले धौलागिरी हिमाल भरिएको छ ।  बिहीबारसम्म छिटफुट बाहेक अधिकांस भाग कालापथ्थर देखिने हिमाल हिमपात पश्चात भरिपूर्ण भएको हो ।

हिमातले सेलाम्य भएका डाँडाकाडाँ हरियाली बनेका छ । उच्च पहाडको हिमाल पग्लिएको छ । हिमाली श्रृङखला मनमोहक देखिन्छन् । पर्यटकीय क्षेत्र बागलुङ नगरपालिका–६ पञ्चकोट र धारापानीदेखि आँखै अगाडि देखिने हिमश्रृङखलाले प्रकृतिप्रेमीलाई एकछिन टक्क अडिन बाध्य बनाउँछ ।

पञ्चकोट घुम्न आउने पर्यटकको लागि भरिपूर्ण हिमश्रृङखला थप आकर्षण बनेको स्थानीय व्यवसायी कृष्णप्रसाद सापकोटाको भनाइ छ । पञ्चकोटमा निर्मित विशाल हनुमानको प्रतिमा र हिमालको दृष्य लिने पर्यटकको संख्या उल्लेख हुँदै गएको उहाँले बताउनुभयो । पञ्चकोट र छापा गाउँबाट धौलागिरी हिमाल र पञ्चकोट आसपास बस्तीको मनमोहक दृश्य ।

तस्बिर नवीन शिशिर विक