logo
२०८० चैत्र १६ शुक्रवार



हेलिकप्टर नभए पनि हेलिप्याड तयार

खुला |


हेलिकप्टर नभए पनि हेलिप्याड तयार



देवबहादुर कुँवर

काठमाडौँ, माघ २१ गते । सशस्त्र प्रहरी बलको कुरिनटारस्थित विपत् व्यवस्थापन तालिम केन्द्रले हवाई उद्धार अभ्यासलाई व्यवस्थित र प्रभावकारी बनाउन हेलिप्याड निर्माण गरेको छ । तालिम केन्द्र परिसरमा एकैसाथ दुइटा हेलिकप्टर अटाउने गरी हेलिप्याड निर्माण भएको हो तर सशस्त्र प्रहरीसँग हालसम्म हेलिकप्टर छैन ।
सशस्त्र प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजु अर्यालले हेलिकप्टरबाट हुने उद्धार तथा हेलिप्याड सञ्चालनका सम्बन्धमा विज्ञ समूहको टोलीले स्थलगत निरीक्षणका साथै उडान परीक्षण अभ्यास सम्पन्न गरिसकेको जानकारी दिनुभयो ।
“प्राकृतिक विपत् तथा विभिन्न दुर्घटनाका कारण गम्भीर घाइते भएका व्यक्तिलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पतालसम्म पु¥याउन हेलिकप्टरको प्रयोग उपलब्धिमूलक हुनेछ । समयमै उपचार नपाएर अकालमै ज्यान जाने जोखिम कम हुन्छ”, उहाँले भन्नुभयो ।
तालिम केन्द्र परिसरमा सुविधा सम्पन्न हेलिप्याड निर्माण हुँदा उद्धार कार्य छिटोछरितो, सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ । कुरिनटारमा सशस्त्र प्रहरी बलको २५ शøयाको ट्रमा सेन्टर अस्पताल सञ्चालन छ ।
गम्भीर प्रकृतिका घाइतेलाई थप उपचारका लागि राजधानी काठमाडौँ वा चितवन लैजान नवनिर्मित हेलिप्याड बहुपयोगी हुने दाबी सशस्त्र प्रहरीको छ । त्यस्तै राजमार्गमा ईआरटी (इमर्जेन्सी रेस्क्यु टिम) २४ घण्टा परिचालित हुन्छ ।
विभिन्न दुर्घटनाका कारण नदीमा फसेका, खोच, भीर तथा अप्ठ्यारो स्थानमा अड्किएकाको उद्धारका लागि हवाई उद्धार अभ्यास प्रभावकारी बन्ने देखिन्छ । यसअघि घाइतेका उद्धारमा हेलिकप्टर प्रयोग भए पनि हेलिप्याडको अभावमा बगर, खोला किनारा र राजमार्ग क्षेत्रमा असुरक्षित अवतरण हुँदै
आएको थियो ।
तालिम केन्द्रमा घाइतेका लागि सात शøया क्षमताको ‘मास हेल्थ सर्भिस’ र अर्को सानो गरी दुइटा एम्बुलेन्स सञ्चालनमा छ । सो तालिम केन्द्रका प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कालिदास धौवजीले एम्बुलेन्सभन्दा हेलिकप्टरको प्रयोग उद्धार र शीघ्र उपचारका लागि प्रभावकारी
हुने बताउनुभयो ।
कुरिनटार विपत् व्यवस्थापन तालिम केन्द्र यो वर्ष उत्कृष्ट तालिम केन्द्रका रूपमा पुरस्कृत भएको छ । सशस्त्र प्रहरी बलका ११ वटा तालिम केन्द्रमध्ये कुरिनटार अघिल्लो वर्ष र यो वर्ष गरी दुई पटक उत्कृष्ट भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?