logo
२०८० चैत्र १५ बिहीवार



आयरल्याण्डविरुद्धको शृंखला अफगानिस्तानद्वारा स्विप

खेलकुद |


आयरल्याण्डविरुद्धको शृंखला अफगानिस्तानद्वारा स्विप
तस्विर सौजन्य–यूएई क्रिकेट


गोरखापत्र अनलाइन
काठमाडौं, माघ १४ गते । अफगानिस्तानले आयरल्याण्डविरुद्धको तीन खेलको एकदिबसीय शृंखला क्लिन स्विप गरेको छ । तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा उसले आयरल्याण्डमाथि ३६ रनको जित हात पार्यो ।
अफगानिस्तानले प्रस्तुत गरेको २६७ रनको लक्ष्य पछ्याउँदै आयरल्याण्डले ४७ ओभर १ बलमा २३० रन मात्रै जोड्न सक्यो । ओपनर ब्याट्सम्यान पौल स्टर्लिङगले मात्र ११९ बलमा नौ चौका र छ छक्काको सहयोगमा ११८ रनको पारी खेल्नुभयो । मध्यक्रममा हयारी टेक्टरको २४ तथा लार्केन टकरको २२ रन अतिरिक्त अन्य कुनै पनि ब्याट्सम्यानले प्रभाबकारी प्रदर्शन गर्न सकेनन ।
अफगानिस्तानका लागि राशिद खानले नौ ओभरमा २९ रन खर्चेर सर्वाधिक चार विकेट लिनुभयो । मुजिब ऊर रहमानले दुई तथा नवीन ऊल हक र मोहम्मद नबीले एक एक विकेट लिए ।
त्यसअघि, तटस्थ भूमि यूएईमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको अफगानिस्तानले कमजोर सुरुवात गर्दै ४४ रनमै तीन विकेट गुमाउन पुग्यो । अफगानिस्तानको पारीमा राशिद खानले सर्वाधिक ४८ रनको योगदान दिनुभयो । उहाँले ४० बलमा तीन चौका र तीन छक्का लगाउनुभयो । मध्यक्रममा गुलबद्दीन नईबले ३६ तथा मुजिब ऊर रहमानले अविजित रहँदै १८ रनको पारी खेल्नुभयो ।
आयरल्याण्डका लागि क्रैग योङ्ग र सिम्मी सिंहले सामान तीन तीन सर्वाधिक तीन तथा एन्डी म्याकब्रायन, जोश लिटल र हयारी टेक्टरले एक एक विकेट लिए ।
शृंखलाको प्लेयर अफ द सेरिज पौल स्टर्लिङ र प्लेयर अफ द म्याच राशिद खान घोषित भए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?