logo
२०८० चैत्र १५ बिहीवार



तीन महिनाभित्र सबै नेपालीलाई खोप उपलब्ध हुन्छ : प्रम (भिडियाेसहित)

मुख्य समाचार |


तीन महिनाभित्र सबै नेपालीलाई  खोप उपलब्ध हुन्छ : प्रम (भिडियाेसहित)


गोरखापत्र अनलाइन
काठमाडौं, माघ १४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीलाई कोभिड १९ विरुद्धको खोप उपलब्ध गराइसक्ने बताउनुभएको छ ।
उहाँले नेपालमा कोभिड १९ विरुद्धको थप खोप भित्र्याउन अन्य संघ संस्थासँग पनि छलफल गरी रहेको बताउनुभएको छ । आज शुरु भएको कोभिडविरुद्धको खोप अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो ।


उहाँले खोप अभियान शुरु भए पनि मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने जस्ता काम कोरोना पूर्ण नियन्त्रण नभएसम्म जारी राख्न आग्रह गर्नुभयो ।
सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि शुभकामना सन्देश पठाउनु भई अभियानको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले नेपालले विश्वमा खोप अभियान शुरु भएको पहिलो चरणमै खोप ल्याउन सफल भएकोमा खुशी व्यक्त गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?