logo
२०८० चैत्र १६ शुक्रवार



बदनियतले काटेको चेकले पु¥याउला कारागार

खुला |


बदनियतले काटेको चेकले पु¥याउला कारागार
फाईल तस्विर



देवबहादुर कुँवर

काठमाडौँ, माघ १० गते । आर्थिक कारोबार र लेनदेनको सिलसिलामा साथी–सहयोगी वा आफन्तलाई विश्वास दिलाउन खातामा रकम नभएको ‘चेक’ दिँदै हुनुहुन्छ भने होशियार रहनुहोला । चेक अनादर तथा बैङ्किङ कसुरसम्बन्धी मुद्दामा फस्नुहोला ।
बैङ्क खातामा पर्याप्त रकम नभई आफ्नो खाताको ‘चेक’ काट्ने व्यक्तिलाई चेक अनादर तथा बैङ्किङ कसुर तथा सजाय ऐनबमोजिम कानुनी कारबाहीलाई प्रहरीले सशक्त पारेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैङ्क खातामा पर्याप्त रकम नभएको ‘चेक’ वितरण गरी करिब तीन करोड रुपियाँ ठगी गरी फरार रहेका तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन भरतपुरका ५१ वर्षीय रामबहादुर अधिकारी, काठमाडौँ चन्द्रागिरिका ३१ वर्षीय सुवास थापा र गोरखाका २९ वर्षीय विष्णु अम्गाई छन् ।
ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहकुल थापाका अनुसार काठमाडौँस्थित रानीबारी अटो प्रालिका सञ्चालक अधिकारीले आर्थिक कारोबारको सिलसिलामा तीन जनालाई ठगी गर्ने उद्देश्यले विभिन्न बैङ्कको भुक्तान नहुने चेक दिएका थिए ।
जिल्ला अदालत, चितवनले एक वर्षअघि अधिकारीविरुद्ध ५५ दिन कैद र दुई करोड ३२ लाख रुपियाँ जरिवाना सुनाएको थियो । थापाविरुद्ध अन्य दुई पीडितले दिएको जाहेरीमा १७ दिन कैद ६० लाख रुपियाँ जरिवाना गरिएको छ ।
अम्गाईविरुद्ध चेक अनादर मुद्दामा उच्च अदालत पाटन, ललितपुरले एक महिना कैद र १० लाख रुपियाँ जरिवाना सजाय सुनाएको छ । ब्युरो प्रमुख थापाका अनुसार खातामा रकम नभएको चेक दिई अरूलाई ठग्न खोज्दा आफँै फौजदारी कसुर सजाय भोग्नेहरू बढ्दै छन् ।

विश्वास जित्न चेकको लेनदेन
विशेष गरी व्यक्तिगत कारोबार सहजीकरण र विश्वासका लागि चेक लिने–दिने हुन्छ । उहाँले भन्नुभयो, “खातामा पर्याप्त रकम नभएको खण्डमा बैङ्कले नै चेक बाउन्स गरिदिन्छ । बाउन्स चेक ठगीजन्य फौजदारी कसुरअन्तर्गत कानुनी कारबाहीको महìवपूर्ण आधार हो ।”
प्रहरीले बाउन्स चेक ठगी मुद्दाका अभियुक्तविरुद्ध बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ अनुसार कानुनी कारबाही गर्दै आएको छ । खातामा पर्याप्त रकम नभएको थाहा हँुदाहँुदै पनि चेक उपलब्ध गराई ठगी गर्नेविरुद्ध सो ऐनले कैद सजाय तथा जरिवाना व्यवस्था गरेको छ ।
प्रचलित कानुनले ‘चेक’को लेनदेन आपसी विश्वासका लागि नभई जानी–जानी गरेको अपराधका रूपमा स्वीकार्ने भएकाले खातामा रकम नभएको थाहा हुँदाहँुदै चेक उपलब्ध गराउन नहुने सुरक्षा अधिकारी बताउँछन् । सम्बन्धित बैङ्कले तीन पटक बाउन्स गरे फौजदारी कानुन आकर्षित हुन्छ ।

ठगी मुद्दामा दैनिक २० वटा जाहेरी
महानगरीय प्रहरी परिसर, टेकुमा बाउन्स चेकसम्बन्धी ठगीको मुद्दा दैनिक २० वटासम्म आउने गर्छन् । परिसर मुद्दा शाखाका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बाउन्स चेकसम्बन्धी ठगी मुद्दा विकृतिका रूपमा मौलाउँदै गएको बताउनुभयो ।
चोरी, डकैती, गुण्डागर्दी, कुटपिट, लागूऔषधलगायत अन्य मुद्दा धेरै कम छन् । ठगीमा पनि चेक बाउन्स, रोजगारसम्बन्धी र मोबाइल चोरी भएको वा हराएको उजुरी धेरै आउने गरेको परिसरले जनाएको छ । चेक लेनदेनमा सतर्क रहन प्रहरीले आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?