logo
२०८१ बैशाख १३ बिहीवार



कुटेर आमाको हत्या

खुला |


कुटेर आमाको हत्या


गणेश खनाल

अर्घाखाँची,माघ १ गते । सन्धिखर्क नगरपालिका वाडनम्वर १ तुम्कोटका २३ वर्षीय विमल नेपालीले ५५ वर्षीय आमा हिराकुमारी नेपालीलाई कुटपिट गरेर हत्या गरेका छन्

अध्यधिक मदिरा सेवन गरी बुधवार साँझ घरमा आएका विमलले आमासँग झगडा गरेर राति ११ बजेतिर घरेलु हतियारले टाउकोमा हानेर हत्या गरेको प्रहरी निरिक्षक रामनारायण गुप्ताले जानाकारी दिनुभयो।
हत्या आरोपित विमललाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक माधव बुढाथोकीले बताउनुभयो । ‘बुधबार दिउँसो मासु लिन हिडेका विमलले साँझ मासु नल्याई मदिरा सेवन गरी आएपछि आमासँग झगडा गरेपछि टाउकोमा हानेर हत्या गरेको प्रहरी नायव उपरीक्षक बुढाथोकी बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?