logo
२०८१ बैशाख १३ बिहीवार



पूर्वमन्त्री यादवको कोरोनाबाट मृत्यु

राष्ट्रिय |


पूर्वमन्त्री यादवको कोरोनाबाट मृत्यु


सिराज खान
नेपालगञ्ज, माघ १ गते । पूर्वमन्त्री, संविधानसभा सदस्य तथा भूमि सम्बन्धी समस्या समाधान आयोगका सदस्य र नेकपाका केन्द्रिय नेता बाँके निवासी दिनेशचन्द यादवको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
कोरोना संक्रमणका कारण स्वास्थ्य अवस्था गम्भीर भएपछि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गराईरहनुभएका यादवको विहिबार विहान २:३० बजे निधन भएको उहाँका आफन्त सोहनलाल यादवले बताउनुभयो ।
कोरोना संक्रमण भएर गम्भीर अवस्थामा पुगेपछि बाँकेबाट उपचारका लागि यादवलाई काठमाडौंस्थित ग्राण्डी अस्पतालमा लगिईएको थियो ।
७५ वर्षीय यादवलाई मुटुसम्बन्धी समस्या समेत रहेको थियो । यादव सत्तारुढ दल नेकपाका केन्द्रीय सदस्य तथा पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री, संविधानसभाका सदस्य, हाल भूमि व्यवस्थापन तथा सुकुम्बासी आयोगका सदस्य तथा नेकपाको बाँके जिल्ला इन्चार्ज हुनुहुन्थ्यो ।
गम्भीर प्रकारको कोरोना संक्रमण भएपछि उहाँलाई नेपालगञ्जबाट थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएकोमा पछिल्लो समयमा आएर अवस्था झन जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर उहाँको उपचार भैरहेको थियो ।
यादवको निधनले बाँकेले एक होनहार तथा विकास प्रेमी नेता गुमाएको नेकपाका केन्द्रिय सदस्य मोहम्मद हारुनले बताउनुभयो । नरैनापुर र बघौडा क्षेत्रको विकासका लागि सधैं क्रियाशील रहने नेता र अभिभावक गुमाएकोले सम्पुर्ण बाँकेवासी शोकमग्न रहेको उहाँले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?