logo
२०८१ बैशाख १३ बिहीवार

आज पुसे औंसी, पितृलाई सन्तुष्ट पार्ने पवित्र दिन (फोटो फिचर )

फिचर |
पढ्नै पर्ने |
फोटो फिचर |


2021-01-13-30086
तस्बिरः बिकास द्वारे


यलु जोशी
काठमाडौं, पुस २९ गते । पुस कृष्ण औंसीको दिन राजधानीको गोकर्ण उत्तरगया हजारौको संख्यामा पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गरिएको छ ।

माघे संक्रान्तिदेखि र चान्द्रमासअनुसार माघ शुक्ल प्रतिपदादेखि उत्तरायण शुरु हुन्छ । उत्तरायण शुरु हुनुअघिको औँसी अर्थात् पुस कृष्ण औँसीमा पितृलाई विधिपूर्वक आह्वान गरी श्राद्ध गर्ने परम्परा छ । वैदिक सनातन धर्मावलम्बीले सके प्रत्येक वर्षमा नसके जीवनकालमा कम्तीमा पनि एकपटक तीर्थमा गई श्राद्ध गर्नुपर्ने नियम भएकोले श्राद्ध गर्न आएको भक्तपुरका हिरक उपाध्यायाले जानकारी दिनुभयो ।
गयालगायत तीर्थमा गरिने श्राद्ध भएकाले आज गरिने श्राद्धलाई गयाश्राद्ध पनि भनिने बताउनुभयो । पुजारी समेत रहनुभएको उपाध्यायाका अनुसार दर्शश्राद्ध अर्थात् घरतिरका तीन पुस्ता र मामाघरतिरका तीन पुस्तालाई पिण्ड दिई गरिने श्राद्ध शास्त्रीय रुपमा गर्नुपर्ने दिन पौष कृष्ण औँसी हो ।

स्वयंसेवक पार्वती थापाले कोराना महामारीको विचमा पनि यति धेरै मानिसहरु श्राद्ध गर्न आउनुभएकोमा अचम्म लागिरहेको छ उहाँले थप्नुभयो, सामाजिक दूरी र स्वास्थ्य मापदण्ड त भनाइमा मात्र सिमित भएको छ । सामाजिक दुरी कायम गरौ भनेको मान्दैनन् । उहाँले काठमाडौ, भक्तपुर, धुलिखेल, ललितपुर टोखा, लगायतका ठाउँबाट आएको जानकारी पनि दिनुभयो ।