logo
२०८० चैत्र १५ बिहीवार



बाजुराको जडाङ्गा खोलामा काठेपुल बनेपछि सामान ढुवानी गर्न सहज

फिचर |
पढ्नै पर्ने |


बाजुराको जडाङ्गा खोलामा काठेपुल बनेपछि सामान ढुवानी गर्न सहज


शेरबहादुर सार्की

बाजुरा, पुस १४ गते । भरियाद्वारा खोलामा सामान वारपार गर्दै आएका मार्तडीका व्यापारीमा लामो समयपछि सवारी साधानमा सामान ढुवानी गर्न पाउँदा खुसी छाएको छ।

गत वर्षको साउन २५ गते राती आएको बाढीले खोलामा रहेको बेलिब्रिज बगाएपछि धनगढीबाट आएका सवारी साधन जडाङ्गामा रोकिँदै आएपछि व्यापारीहरुले भरियाद्वारा सामान वारपार गर्दै आएका थिए ।

बडिमालिका नगरपालिकाले मिनिटाटा, टयाक्टर जीप लगायतका साना सवारी साधन वारपार हुने गरी जडाङ्गा खोलामा काठेपुल निर्माण गरेपछि अब सिधै सवारी साधनमार्फत सामान ढुवानी गर्न पाउने भएपछि मार्तडीका व्यापारीहरुमा खुसी छाएको हो ।

मार्तडीको गैरी बजारका व्यापारी रामबुहाुदर बुढाले भन्नुभयो, खोलामा पुल नहुँदा तलबाट खाद्यान बोकेर आएका सवारी साधन जडाङ्गा खोला पारीमै नै रोकिएने गर्थे । अहिले खोलामा काठेपुल निर्माण भएपछि सवारी साधन मार्फत सिधै सामान मार्तडी ढुवानी गर्न सहज भएको छ ।

उहाँले भन्नुभयो, खोलामा पुल नभएपछि भरियाद्वारा सामान वारपार गर्दा चर्को मूल्यमा सामान बिक्री गर्नुपरेको थियो, अब सवारी साधन मार्फत सिधै मार्तडीमा सामान पुग्नथालेपछि ग्राहकहरुले पनि सस्तो मूल्यमा सामान पाउने वातावरण सृजना भएको छ ।

बडिमालिका नगरपालिका नगरप्रमुख पदम बडुवालले भन्नुभयो, जडाङ्गा खोलाको बेलिब्रिज वर्खाको बाढीले बगाएपछि मार्तडी आउने सवारी साधन बीचमै रोकिँदा खाद्यान तथा अन्य विकास निर्माणका सामाग्री ढुवानी गर्न निकै समस्या भएपछि त्यसको सहजताका लागि नगरपालिकाले खोलामा झण्डै एक लाख भन्दाबढीको लगानी गरेर काठेपुल निर्माण गरेको हो ।

उहाँले भन्नुभयो, अहिले खोलामा काठेपुल निर्माण हुँदा सवारी साधन मार्फत सिधै सामान मार्तडी सम्म ढुवानी गर्न सकिने भएको छ । ट्रक ,बस लगायतका ठुला सवारी साधन बुढीगङ्गा नगरपालिको –२ बल्देमै रोकिँदै आएका छन् । खोलामा पुक्की पुल र बेलिब्रिज नबन्दा सम्म त्यसले केही समय भएपनि सामान ढुवानी गर्न निकै सहज हुने भएको नगरप्रमुख बडुवालले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?