logo
२०८१ बैशाख २७ बिहीवार

यस्तो देखियो पशुपतिमा बालाचतुर्दशी ( फोटो फिचर)

फिचर |
पढ्नै पर्ने |
फोटो फिचर |


2020-12-13-28216
तस्बिर : बिकास द्वारे / सुजन गुरूङ / गोरखापत्र


काठमाडौँ, मङ्सिर २८ गते । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्वका अबसरमा कोरोनाको संक्रमणका समयमा समेत पशुपति क्षेत्रमा भक्तजनकाे भीड लागेकाे छ ।

पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज दिवङ्गत पितृका नाममा दीपदान गर्न भक्तजन आउँछन् । आज दीपदान गरी सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइन्छ ।

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन् ।

तस्बिर : बिकास द्वारे / सुजन गुरूङ, गोरखापत्र