logo
२०८० चैत्र १६ शुक्रवार



शिक्षक, विद्यार्थी र अस्पतालका अध्यक्षसहित नाै जना सङ्क्रमित

खुला |
प्रदेश |


शिक्षक, विद्यार्थी र अस्पतालका अध्यक्षसहित नाै जना सङ्क्रमित


नवीन शिशिर विक
बागलुङ, मङ्सिर १२ गते । धौलागिरी अस्पताल विकास समितिका अध्यक्ष केवी राना मगरसहित बागलुङमा शुक्रबार नाै जना नयाँ कोरोना सङ्क्रमित बिरामी थपिएका छन् । विद्यार्थी, शिक्षक, व्यवसायीलाई कोरोना पुष्टि भएको हो । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा शुक्रबार बागलुङ नगरपालिका– १ का २३, २२, ७१, २७ र २७ वर्षका पाँच जना पुरुष र ६५ वर्षीया एक महिला सङ्क्रमित भएका छन् । साथै  वडा नम्बर ३ का ५४ वर्षीय एक जना पुरुष र ३८ वर्षीया एक जना महिला, वडा नम्बर २ का ४१ वर्षीय एक जना पुरुषलाई कोरोना सङ्क्रमण पुष्टि भएको स्विास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

सङ्क्रमितमध्ये बानपा–१ का ७१ वर्षीय पुरुष धौलागिरी अस्पताल बागलुङका व्यवस्थापन समितिका अध्यक्ष, ६५ वर्षीया महिला उहाँको श्रीमती र २७ वर्षीय पुरुष उहाँको छोरा रहेको घिमिरेले बताउनुभयो ।यस्तै बानपा–१ का २३ र २२ वर्षीय दुई जना पुरुष विद्यार्थी र २७ वर्षीय एक जना पुरुष शिक्षक, बानपा–३ का ५४ वर्षीय एक जना पुरुष व्यवसायी रहेको फोकलपर्सन घिमिरेले बताउनुभयो ।

यस्तै बानपा–२ का ४१ वर्षीय पुरुष र बानपा–३ की ३८ वर्षीय महिलालाई कोरोना भाइरसको लक्षण देखिएपछि धौलागिरी अस्पतालको आइसोलेसन कक्षमा भर्ना भई स्वाब परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमितहरूलाई होम आइसोलेसन र पालिका र अस्पतालको आइसोलेसन कक्षमा राख्ने तयारी भइरहेको फोकलपर्सन घिमिरेले बताउनुभयो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रानाले परिवारसहित होम आइसोलेसनमा बस्ने सामाजिक सञ्जालमार्फत बताउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?