logo
२०८१ बैशाख ६ बिहीवार



जीप दुर्घटनामा पाँचको मृत्यु (मृतककाे नामावलीसहित)

खुला |


जीप दुर्घटनामा पाँचको मृत्यु (मृतककाे नामावलीसहित)


तिलाचन पाण्डे
तमघास, मङ्सिर १२ गते । गुल्मीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्लाको इश्मा गाउँपालिका वडा नं ४ हुलबाट तमघासतर्फ आउँदै गरेको लु १ ज ११६६ नम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा वडा नं ४ का ६५ वर्षका डम्मबहादुर धिताल, ३३ का चिबबहादुर दर्लामी, ३० वर्षका बसन्त दर्लामी, ३३ वर्षका धनबहादुर अछामी, मालिका-५ का  ८० वर्षकी सुन्दरी थापा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
घाइतेहरूमा वडा नं ४ का १९ वर्षका फर्सुराम थापा, २८ वर्षकी सरस्वती दर्लामी र २६ का कमल धिताङ रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिनुभयो । घाइतेहरूलाई तम्घास ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।
जीप सडकदेखि अनियन्त्रित भई चार सय मिटर तल खसेको थियो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?