logo
२०८० चैत्र १५ बिहीवार



अब साताको दुई दिन मात्रै स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङ

स्वास्थ्य |
राष्ट्रिय |


अब साताको दुई दिन मात्रै स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङ


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक १२ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी जानकारी अब साताको दुई दिन मात्रै प्रेस ब्रिफिङ मार्फत् सार्वजनिक गर्ने जनाएको छ । मन्त्रालयले यसै सातादेखि लागू हुने गरी आइतबार र बुधबार कोभिड–१९ सम्बन्धी प्रेस ब्रिफिङ गर्ने जनाएको छ । मन्त्रालयको उक्त निर्णयपछि अब आइतबार प्रेस ब्रिफिङ हुनेछ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दशैं विदापछिको पहिलो प्रेस ब्रिफिङको क्रममा उक्त निर्णय गरिएको जानकारी दिनुभयो । उहाँले बाँकीको दिनमा दैनिक रुपमा सामाजिक सञ्जाल र मन्त्रालयको कोभिड–१९ वेब पोर्टल मार्फत् विवरण अद्यावधिक गर्ने जानकारी दिनुभयो । मन्त्रालयले दैनिक साढे चार बजे वेबसाइट र सामाजिक सञ्जालमा पछिल्लो चौबीस घण्टाको अद्यावधिक जानकारी पस्किदै आएको छ । दशैं विदामा समेत वेबसाइट मार्फत् नै जानकारी साझा गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?