logo
२०८० चैत्र १६ शुक्रवार



सेनाबीच सूचना आदानप्रदान गर्न भारत र अमेरिकाबीच सम्झौता

अन्तर्राष्ट्रिय |


सेनाबीच सूचना आदानप्रदान गर्न भारत र अमेरिकाबीच सम्झौता
तस्विर-द् क्वीन्ट


नयाँदिल्ली, कात्तिक ११ गते। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भारत भ्रमणमा रहनु भएका अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ र रक्षा मन्त्री मार्क एस्परले मंगलबार भेटवार्ता गर्नु भएको छ । भारत र अमेरिकाबीच दुबै देशका सेनाबीच सूचना आदानप्रदान सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएलगत्तै प्रधानमन्त्री मोदीसँग भेटवार्ता भएको हो ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले ट्वीट गर्दै दुबै देशबीच भएको पछिल्लो सम्झौताले भारत र अमेरिकाबीचको सम्बन्धलाई थप प्रगाढ र सुदृढ बनाउने बताउनु भएको छ । उहाँले सम्झौतालाई अघि बढाउन दुबै देशको उच्च नेतृत्वले देखाएको तत्परता र समर्थनले आगामी दिनमा दुबै देशबीच थप सहकार्यको मार्ग प्रशस्त गरेको पपनि बताउनु भएको छ ।
रक्षा मन्त्रालयका अतिरिक्त सचिव जिवेश नन्दनले भारत सरकारका तर्फबाट सम्झौतामा हस्ताक्षर गर्नु भएको थियो । सम्झौतामा दुबै देशका सेनाबीच सूचना आदानप्रदान, उच्चस्तरको सैनिक प्रविधि र प्रतिरक्षासँग सम्बन्धित गोप्य उपग्रहीय सूचनाहरु आदानप्रदान गरिने उल्लेख छ ।
सम्झौतापछि भारतीय रक्षा मन्त्री राजनाथ सिंहले सैनिक–सैनिकबीचको सहयोग निरन्तर प्रगतिउन्मूख रहेको बताउनुभयो । “दुई दिनको बैठकमा हामीले सम्भावित क्षमता विकासका साथै अन्य संयुक्त सहयोगात्मक क्रियाकलापलाई अघि बढाउने बारेमा पनि छलफल गरेका छौं ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?