logo
२०८१ बैशाख ८ शनिवार



ललितपुरका सरकारी निकायबाट दिइने अत्यावश्यक बाहेकका सेवा भाेलिबाट स्थगित

फिचर |


ललितपुरका सरकारी निकायबाट दिइने अत्यावश्यक बाहेकका सेवा भाेलिबाट स्थगित


गाेरखापत्र अनलाइन 

काठमाडौं, कात्तिक १ गते । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोनाको जोखिम बढेको भन्दै जिल्लाभित्रका सबै सरकारी कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवाहरु अर्को व्यबस्था नभएसम्म स्थगित गरेको छ ।
प्रशासनले कोरोना संक्रमण जोखिमलाई ख्याल गर्दै अर्को सूचना नआएसम्मका लागि जिल्लाभित्रका मालपोत नापी लगायतका निकायबाट दिइने अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएको जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

जिल्ला संकट व्यवस्थापन केन्द्र, सम्बन्धित सरोकारवाला निकाय, स्वास्थ्य विज्ञसमेतको छलफलपछि, अत्यावश्यक सेवा बाहेकका जिल्ला प्रशासन कार्यालयबाट दिइने नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपि वितरण, हातहतियार दर्ता, नवीकरण संस्था दर्ता पत्रपत्रिका दर्ता सेवाको कार्य पनि बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताउनुभयो ।

साथै नवीकरणसम्बन्धी कार्य, निजी सुरक्षा कम्पनी, नवीकरण राहदानी वितरण, नाबालिग परिचयपत्र वितरण अन्य अत्यावश्यक नभएका सेवाहरु स्थगित गरिएको हो । शान्ति सूरक्षासम्बन्धी सेवा, ठाडो निवेदन र उजुरीसम्बन्धी सेवा, मुद्दाको सुनुवाइसम्बन्धी सेवा, विपद व्यवस्थापनसम्बन्धी सेवा भने नियमित सञ्चालन रहने प्रशासनले उहाँले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?