logo
२०८० चैत्र १६ शुक्रवार



बसको ठक्करले स्कुटर सवार श्रीमान्, श्रीमतिसहित दुधे बालकको मृत्यु

खुला |


बसको ठक्करले स्कुटर सवार श्रीमान्, श्रीमतिसहित दुधे बालकको मृत्यु


शिवशंङ्कर मिश्र
बारा, असोज ११ गते । महेन्द्र राजमार्ग अन्तर्गत बाराको पथलैया निजगढ सडकमा बसले स्कुटरलाई ठक्कर दिँदा एकै परिवारका तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।
सिन्धुलीबाट धनगढी तर्फजाँदै गरेको ना ४ ख ७२४४ नम्बरको बसले आइतबार साँझ पौने ५ बजे विपरित दिशाबाट आइरहेको २–०३–००४ प ४४४२ नम्बरको स्कुटीलाई जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–१ दुधौरा खोला नजिक ठक्कर दिँदा सो घटना भएको हो ।
घटनामा निजगढ नगरपालिका वडा नम्बर–१० लाल टोल बस्ने श्रीमान्, श्रीमति र दश महिने छोराको मृत्यु भएको २ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका प्रमुख श्याम मुकार महतोले बताउनुभयो ।
मृत्यु हुनेमा निजगढ नगरपालिका वडा नं.–१० लाल बस्ने स्कुटी चालक २६ वर्षीय तीर्थमान स्याङ्गतान, निजका २५ वर्षीया श्रीमति ज्योति स्याङ्गतान र उहाँको दश महिने छोरा आहान स्याङ्गतानको  रहेकाे उहाँले जानकारी दिनुभयो ।
ठक्कर दिने बसका चालक फरार रहेका छन् भने दुर्घटना भएका सवारी साधन ईलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा रहेको २ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रशासन प्रमुख प्रहरी नायब उपरीक्षक सुरेन्द्र कोईरालाले बताउनुभयो ।
दुबै सवारी तीब्र गतिमा आउँदै गरेको तथा स्कुटीले ओभरटेक गर्ने क्रममा सो दुर्घटना हुन गएको खुलेकोमा यसबारे अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक कोईरालाले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?