logo
२०८१ बैशाख १३ बिहीवार



कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत दुई संक्रमितको मृत्यु

फिचर |
प्रदेश |


कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत दुई संक्रमितको मृत्यु


दीपक ज्ञवाली
बुटवल, असोज ८ गते । कोरोना विशेष अस्पताल बुटवल रुपन्देहीमा बिहीबार बिहान दुई कोरोना संक्रमित विरामको मृत्यु भएको छ । उनीहरू कपिलवस्तु र पश्चिम नवलपरासीका भेन्टिलेटरमा राखी उपचार गर्दै गरिएका पुरुष हुन् ।

अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार असोज १ गते अस्पताल ल्याइएका कपिलवस्तुको बुद्धभूमि–६ का ५० वर्षीय पुरुषको बिहीबार बिहान ७ बजे मृत्यु भएको हो । मधुमेह समेत रहेका उनलाई असोज २ गतेदेखि भेन्टिलेटरमा राखी उपचार गरिएको थियो ।
यस्तै भदौ २७ गते अस्पताल ल्याइएका पश्चिम नवलपरासीको रामग्राम–३ का ४९ वर्षीय पुरुषको बिहान ४ बजे मृत्यु भएको हो । कलेजोका विरामी रहेका उनको असोज २ बाट भेन्टिलेटरमा राखि उपचार गरिएको थियो । यससंगै लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको यस कोरोना विशेष अस्पतालमा मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?