logo
२०८० चैत्र १५ बिहीवार



वीरेन्द्र सैनिक कार्यतालिम केन्द्रमा संक्रमित सैनिककाे संख्या ६८ पुग्याे

खुला |


वीरेन्द्र सैनिक कार्यतालिम केन्द्रमा संक्रमित सैनिककाे संख्या ६८ पुग्याे



मधुसुधन तिमल्सिना / केदार तिमल्सिना
बनेपा, असोज ६ गते । काभ्रेमा एकै दिन ७९ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार मंगलबार जिल्लामा ७९ नयाँ संक्रमित फेला परेको जनाएको छ । जिल्लाको पाँँचखालमा रहेको वीरेन्द्र सैनिक कार्य तालिम केन्द्रका ६८ जना सैनिकलाई कोरोना संक्रमण देखिएको हो ।

योसँगै काभ्रे जिल्लामा मगंलबार ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कार्यालयले पाँचखाल नगरपालिकामा नै महिला ६ जना तथा पुरुष १ जना, धुलिखेल नगरपालिकाबाट १ पुरुष १ महिला, र बनेपा नगरपालिकाको २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

काभ्रेमा हालसम्म ३ सय ५८ जना पुरुष र १९१ महिलासहित कारोना संक्रमितको संख्या ५४९ पुगेको छ । हालसम्म २०७ पुरुष र १३३ महिलासहित ३४० जना कोरोना जितेर घर फर्केका छन् भने कोरोनाबाट छ जनाको ज्यान गएको छ । जिल्लामा ५ कोरोना संक्रमतिको मृत्यु भएको र भदौ ३१ गते भुम्लु गाउँपालिका घर भई काठमाडौँमा उपचाररत ५६ वर्षीया महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?