logo
२०८१ बैशाख ८ शनिवार



तीनजना स्वास्थ्यकर्मीसहित ३९ जना संक्रमित

फिचर |
खुला |


तीनजना स्वास्थ्यकर्मीसहित ३९ जना संक्रमित



मुकुन्द सुवेदी
बर्दिया, असोज ६ गते । बर्दियामा पछिल्लो २४ घण्टामा तीनजना स्वास्थ्यकर्मी सहित ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ्ग र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा ३९ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय बर्दियाका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा २३ जना र भेरी अस्पतालमा गरिएको परिक्षणमा १६ गरी ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ्गमा गरिएको परीक्षणमा पुष्टि भएका २३ जना मध्य २२ जना बाँसगढी र एक जना बढैयातालका भएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिनुभयो । बाँकी केही दिन अघि बाँसगढी स्थित चौधरी गु्रपको चाउचाउ कम्पनीमा कार्यरत मजदुरहरुमा कोरोना देखिएपछि उनीहरुको सम्पर्कमा आएका घर परिवारका व्यक्तिहरु हुन् ।

त्यस्तै, भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा संक्रमण पुष्टि भएका मध्य बारबर्दिया र गुलरियाका ६र६ जना, बढैयातालका दुई र गेरुवा र राजापुरका एक र एक जना रहेका छन । आज संक्रमित देखिएका ३९ जना मध्ये एक जना बाँसगढी नगरपालिका र अर्का दुई जना बढैयातालका गाउपालिकाका स्वास्थ्यकर्मी रहेको प्रमुख गिरीले बताउनुभयो ।

योसँगै जिल्लामा कुल संक्रमितको संख्या ५९५ पुगेको छ भने ४३२ जना कोरोना जितेर घर फर्किएका छन् । जिल्लाभर अहिले ९० जना पुरुष र ५६ जनामहिला गरी १४६ जना विभिन्न आइसोलेसनमा उपचाररत रहेका छन् । हालसम्म बर्दियाकामा २ सय ३१ जना क्वारेन्टिनमा बसिरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?