logo
२०८० चैत्र १५ बिहीवार



विश्वसाईकल यात्री शाह पनि कला कार्यशालामा चित्र कोर्दै

कला |


विश्वसाईकल यात्री शाह पनि कला कार्यशालामा चित्र कोर्दै



गोरखापत्र अनलाइन
काठमाडौै, असोज ४ गते । संसार कोरोनाको प्रकोपबाट आक्रान्त भएको अवस्थामा सबै जसो सार्वजनिक सभा समारोह स्थगित भए । खेलकुद पनि यसबाट अछुतो रहेन । यसै वर्ष १ सय ७० देशका ७ हजार भन्दा बढि साइकल यात्री सहभागी रहने तय भएको विश्व साइकल सम्मेलन–२०२० अन्योलमा प¥यो । कोभिड–१९ का कारण भौतिक रुपमा सम्भव नभए पनि अनलाइन मार्फत विभिन्न कार्यक्रम आयोजना गरिदैँछ ।
असोज ४ गते प्रधानमन्त्रीको सम्बोधनबाट शुरु भएको सम्मेलनमा दोश्रो दिन नेपालका प्रख्यात चित्रकारहरुको समुहले कला कार्यशाला गरे । कला र खेलकुदले मानिसलाई सदैव सकारात्मक बनाउन पहल गर्ने बताउँदै कार्यशालामा सिमित कलाकारहरुमात्र सहभागी गराइएको जानकारी सम्मेलनका संयोजक तथा विश्व साइकल यात्री पुस्कर शाहले जानकारी दिनुभयो । कार्यशालामा सिर्जित कलालाई कुनै उपयुक्त समयमा प्रदर्शनी गरिने समेत उहाँले जानकारी दिनुभयो ।
कार्यशालामा पुस्कर शाहका साथमा ओम गुरुङ, अजित शाह, बिके नरबहादुर, केशवराज खनाल, देवेन्द्र थुम्केली, नहकुल विश्वकर्मा, प्राज्ञ लालकाजी लामा, स्वेता पाण्डेले चित्र कोर्नुभएको थियो । महिनौंको बन्दाबन्दीबाट आजित भएको अवस्थामा भौतिक दुरी कायम गर्दै कार्यशालामा सहभागी हुन पाउदा आनन्दको अनुभव भएको सहभागी कलाकार नरबहादुर बिकले बताउनुभयो । नेपालकै लागि गर्व गर्न सकिने यस प्रकारको विश्व सम्मेलनमा कलाले पनि स्थान बनाउनसक्नु सबै कलाकारका लागि गौरवको विषय हो’ बिकेले थप्नुभयो ।
कुनै बेला ललितकलामा अध्ययन गर्नुभएका विश्व साइकल यात्री शाहले चित्र कोर्दा कला अध्ययन गर्दाको समयलाई स्मरण गरेको अनुभव सुनाउनुभयो । धेरै कलाकारलाई सहभागी गराई कला कार्यशाला र प्रदर्शनी गर्ने योजना भएपनि बन्दाबन्दीका कारण सिमित कलाकारलाई मात्र समावेश गराउन सकिएको बताउनु भयो । १ साता सम्म आयोजना भईरहेको सम्मेलनमा कवि गोष्ठीका साथै साइकल यात्राका रोमाञ्चक अनुभव आदान प्रदान अनलाईन मार्फत गरिने साथै साइकल प्रयोगमा प्रोत्साहित गर्न विविध रचनात्मक कार्यक्रम आयोजना गरिने जानकारी शाहले दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?