logo
२०८० चैत्र १६ शुक्रवार



एघार करोडमा टोखा नगरपालिकाको भवन बन्दै   

प्रदेश |


एघार करोडमा टोखा नगरपालिकाको भवन बन्दै   


काठमाडौँ, असोज ४ गते। टोखा नगरपालिकाको भवन रु ११ करोड नौ लाख लागतमा निर्माण हुने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले सो लागतमा वडा नं ६ स्थित मैजुहिटीमा नगरपालिका नयाँ भवन निर्माण गर्न लागेको हो । भवन निर्माणका लागि टोखाले नगरपालिका हाताभित्र रहेको अस्थायी टहरा भत्काएको छ । भवन निर्माणका लागि निर्माण सेवा नुवाकोटसँग सम्झौतासमेत गरिसकेको छ ।    
    
नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले नगरपालिका तथा जिल्ला समन्वय केन्द्र काठमाडौँको आर्थिक लागतमा नगरपालिका भवन निर्माण गर्न लागिएको जानकारी दिनुभयो । अन्डरग्राउन्ड पार्किङसहित बन्न लागेको भवन साढे ६ तलाको हुनेछ । उक्त भवनमा लिफ्टसमेत जडान हुने उहाँले बताउनुभयो ।    
    
सम्झौतासँगै विसं २०७८ माघ २१ गतेसम्म भवन निर्माण गरेर हस्तान्तरण गर्नुपर्नेछ । हाल टोखा नगरपालिकाले आफ्नै भवन नहुँदा विभिन्न स्थानमा विभिन्न शाखा स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?