logo
२०८१ बैशाख ७ शुक्रवार



धर्तिकै स्वर्ग जस्ताे छ पञ्चकोट (फोटो फिचर)

पढ्नै पर्ने |


धर्तिकै स्वर्ग जस्ताे छ  पञ्चकोट (फोटो फिचर)


नवीन शिशिर विक

बागलुङ, असोज ४ गते । करिव ६ महिना बन्द रहेको बागलुङको आकर्षक पर्यटकीय गन्तव्य सर्वसिद्धधाम पञ्चकोटमा आन्तरिक पर्यटकको चहल पहल बढ्न थालेको छ ।  सार्वजनिक यातायात संचालन भए पछि लामो समय सुनसान भएको पञ्चकोटमा असोज १ गतेदेखि पर्यटकहरुको बाक्लो उपस्थिती हुन थालेको हो ।

पञ्चकोट धार्मिक तथा प्राकृति सौदर्यसँग रमाउन चाहने पर्यटकको लागि आकर्षक गन्तव्य हो । विश्व प्रसिद्ध शालीग्राम पवित्रा नदी श्रीकृष्ण गण्डकी –कालीगण्डकी) को तटमा रहेको रमणीय पञ्चकोट क्षेत्र बागलुङ बजारदेखि उत्तर पश्चिमत तर्फ ६ किलोमिटरको दुरीमा पर्छ ।

पञ्चकोटबाट करिव ५ हजार फिट भन्दामाथिको उचाईमा रहेका अन्नपूर्ण, धौलागिरी, निलगिरी जस्ता हिमश्रृङखलाको प्रत्येक्ष अवलोकन गर्न सकिन्छ । कालीगण्डकी नदी, विश्वकै लामो दावी गरिएको झोलुङ्ग पुल, बागलुङ बजार, उपल्लाचौर तथा कुँडुले, कुश्मा, पाङ र बलेवा क्षेत्रका फाँट, म्याग्दीको भकुण्डेदेखि राखुभगवतिसम्मको गाउँ अवलोकन गर्न सकिन्छ । गर्मीमा चिसो र जाडोमा न्यायो घाम पर्ने हुँदा अवलोकनको लागि कुनै निश्चिम मौषम कुर्नु पर्दैन ।

प्राकृतिक छटाले भरिपूर्ण पञ्चकोट ताराजालकोट, कारिकोट, माझकोट, राङराङकोट र संसार कोटको गरी पाँच कोटको संयुक्तरुप नै पञ्चकोट हो । स्वामी कमलनायनाचार्यको परिकल्पनामा नेपाली विविध कलाकौशलले परिपूर्ण शिखर शैलीमा निर्मित गण्डकीमाताको मन्दिर, शिस महल, कलाकृतिपूर्ण लोभलाग्दो गरुडशिला, विशाल पर्वत धारण गरेका पवनपुत्र हनुमान, गणेशमन्दिर, सिंह गुफा, ध्यानकुटी, स्थानीय गौवंश संरक्षण केन्द्र आकर्षक धार्मिक कृति हुन ।

सो क्षेत्रमा हाल अनेकौ कलाले परिपूर्ण १०८ फिट अग्लो विश्वशान्ति कलस, ५ हजार ५ सय ५५ किलोको महाघण्टा, ध्यानकेन्द्र, योगशाला निर्माणधिन अवस्थामा रहेको विश्वशान्ति सर्वसिद्धिधाम मञ्चकोटको कार्यालय सचिव रामबहादुर क्षत्रीले जानकारी दिनुभयो । बन्दाबन्दीको अवस्थामै विश्वशान्ति कलस निर्माणको काम सुरु गरिएको छ ।

उजाड डाँडालाई सुन्दर पर्यटकीय क्षेत्र र पवित्र तीर्थस्थलको रुपमा विकास गर्नका कमलनायनाचार्यको अगुवाईमा लागि २०७१ साल फागुन १ गतेदेखि १५ गतेसम्म संचालित महायज्ञ संचालन गरिएको थियो । सुरुमा महायज्ञबाट संकलित दान रकमबाट पञ्चकोटको निर्माण कार्यको थालनी भएको कार्यालय सचिव क्षत्रीको भनाई छ ।

तत्कालिन प्रधानमन्त्री स्व. सुशिल कोइराला र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली लगायतको राजनीतिक, सामाजिक तथा धार्मिक व्यक्तिको उपस्थितीमा २०७१ साल फागुन ९ गते निर्माण कार्यको सिलान्यास गर्नुभएको थियो ।
रमणीय, ऐतिहासिक, धार्मिक पर्यटकीय क्षेत्र पञ्चकोटको अवलोकन गर्न आन्तरिक पर्यटकहरु आउने क्रमश सुरु भएको पुजारी लक्ष्मण निउरेले बताउनुभयो । ‘तत्काल पुजा पाठन सुरु गरिएको छैन’ उहाँले भन्नुभयो–‘मन्दिर तथा मूर्ति अवलोकनको लागि आउनेहरुलाई रोकतोक छैन । पञ्चकोट पुग्नेको पहिलो रोजाई पवनपत्रु हनुमान र गरुडशिला पर्ने गरेका छन् ।

हनुमानको मुर्तिमा फोटो खिच्ने, भिडियो तथा टिकटक बनाउनेहरुको दैनिक भिड लाग्ने गरेको पुजारी निउरेको भनाई छ । पञ्चकोट क्षेत्रका भौतिक संरचना निर्माणको लागि महायज्ञ, सरकारी तथा गैरसरकारी, व्यापारीधरनाबाट करौडौ रुपियाँ खर्च भएको छ । पुरा संरचना निर्माण गर्न २ अरव रुपियाँ खर्च अनुमान गरिएको छ ।

पञ्चकोट बागलुङ बजारदेखि धारापानीसम्म कालोपत्र सडक र बाँकी खण्डमा सिंढी चढेर वा कच्ची सडक हुँदै पुग्न सकिन्छ । वर्खाको पानीले धारापानीदेखि माथिको कच्ची सडक क्षतविक्षत गर्दा सवारी संचालनमा कठिन भएको स्थानीय कृष्ण पौडेलको भनाई छ । पञ्चकोट सरकारले सार्वजनिक गरेको आकर्षक पर्यटकीय गन्तव्य भित्र समावेश भएको क्षेत्र हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?