logo
२०८० चैत्र १६ शुक्रवार



नेकपा सचिवालय बैठक ११ बजे पेरिस डाँडामा बस्दै

मुख्य समाचार |


नेकपा सचिवालय बैठक ११ बजे पेरिस डाँडामा बस्दै
फाइल तस्बिर


गोरखापत्र अनलाइन
काठमाडौं, असोज ४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज आइतबार विहान ११ बजे बस्दैछ । बैठकमा पार्टीको बाँकी एकता प्रक्रियालाई टुङ्गोमा पु-याउने विषयमा छलफल हुने बताइएको छ ।
तत्कालिन नेकपा (माओवादी केन्द्र) को मुख्यालय पेरिसडाँडामा बस्ने बैठकमा पार्टीको आन्तरिक व्यवस्थापनको कामबारे समेत छलफल हुने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार विष्णु सापकोटाले बताउनुभयो ।
यसअघि भदौ २९ गते अन्तरपार्टी निर्देशनमा अध्यक्ष केपी शर्मा ओली तथा अध्यक्ष प्रचण्डले असोज मसान्तभित्र पार्टीको बाँकी एकता प्रक्रिया टुङ्ग्याउने प्रतिवद्धता गर्नुभएको थियो । यसअघि गत शुक्रबार तय गरिएको सचिवालय बैठक स्थगित गरी आइतबारका लागि सारिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?