logo
२०८० चैत्र १५ बिहीवार



जसपाले संविधान दिवसमा भाग नलिने

राजनीति |


जसपाले संविधान दिवसमा भाग नलिने


 
गोरखापत्र अनलाइन
काठमाडौं, असोज २ गते । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिने निर्णय गरेको छ । संविधानले पछाडि परेका वर्गको अधिकार सम्बोधन नगरेको भन्दै दिवसको दिन संविधान संशोधनको दवावस्वरुप कार्यक्रम गर्ने निर्णय सो दलले गरेको छ ।
जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले शुक्रबार विज्ञप्ति जारी गर्दै सो निर्णय सार्वजनिक गर्नुभएको हो । जारी विज्ञप्तिमा भनिएको छ, “संविधानले मधेशी, आदिवासी जनजाति, दलित र शिल्पी, महिला, खस, मुस्लिम, थारु, अल्पसंख्यक समुदायहरुका साथै उत्पीडित जातजाति एवम् समुदायहरुले उठाउँदै आएका राष्ट्रिय मुद्दाहरुलाई सम्वोधन गर्न सकेको छैन ।”
संविधानमा संघीयता समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक समावेशिकरण लगायतका प्रावधानहरु अधुरो र अपूर्ण रहेको सो दलले आरोप लगाएको छ । विज्ञप्तिमा भनिएको छ, “संविधानमा बिभेदकारी प्रावधानहरु राखिएको हुँदा सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिन र बिरोधको कार्यक्रम गर्न पार्टी संगठनलाई आह्वान गरिन्छ ।” लक्की चौधरी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?