logo
२०८० चैत्र १५ बिहीवार



यू एस ओपन विजेता ओसाका फ्रेञ्च ओपनबाट नाम फित्र्ता लिइन

खेलकुद |


यू एस ओपन विजेता ओसाका फ्रेञ्च ओपनबाट नाम फित्र्ता लिइन
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, असोज २ गते । यू एस ओपन विजेता नाओमी ओसाकाले फ्रेञ्च ओपनबाट आफ्नो नाम फित्र्ता लिनुभएको छ । गत् शनिबार जापानी टेनिस खेलाडी ओसाकाले दोस्रो पटक यू एस ओपनको उपाधि जित्नुभएको हो । यो उहाँको तेस्रो ग्राण्ड स्लाम उपाधि हो । न्युर्योकमा सम्पन्न उपाधिको खेलमा उहाँले भिक्टोरिया आज्रेन्कालाई १–६, ६–३ र ६–३ ले हराउँदै यू एस ओपनको उपाधि जित्नुभएको थियो ।
उहाँले एक वक्तब्य जारी गर्नुहुँदै हातमा लागेको चोट अझै निको भइनसकेको र तयारीका लागि समय नपाएको उल्लेख गर्नुभएको छ । यू एस र फ्रेञ्च ओपन दुबै प्रतियोगिता मेरो लाग अत्यन्तै नजिक परेको उहाँले बताउनुभएको छ । फ्रेञ्च ओपन सेप्टेम्बर २७ देखि पेरिसमा सुरु हुँदैछ ।
२२ वर्षीया ओसाकाले फ्लसिङ् मिडोजमा आज्रेन्कालाई पराजित गर्दा समेत हातमा टेप बाँधेर खेल्नुपरेको थियो । तेस्रो वरियताकी ओसाकाले सन् २०१९ मा अष्ट्रेलियन ओपनको उपाधि जित्नुभएको थियो । त्यसयता उहाँ सहभागी हरेक प्रतियोगिताको तेस्रो राउण्डसम्म पुग्नुभएको छ ।
शिर्ष वरियताकी आश्ले बार्टिले महिनाको सुरुमै कोरोनाभाइरस सङ्क्रमणले निम्ताएको प्रतिबन्धले आफू फ्रेञ्च ओपनमा सहभागी हुन नसक्ने जनाउ दिइसक्नुभएको छ । फ्रान्समा बढ्दो सङ्क्रमणका बीच आयोजकले फ्रेञ्च ओपन प्रतियोगिताको क्रममा प्रति दिन पाँच हजार भन्दा बढी दर्शक उपस्थित हुन नसक्ने गरी प्रतिबन्ध लगाएको छ । गत् मई महिनामै हुनुपर्ने फ्रेञ्च ओपन कोरोना महामारीले सेप्टेम्बरका लागि धकेलिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?