logo
२०८१ बैशाख ८ शनिवार



कास्कीका ६६ सहित प्रदेशभर ७४ सङ्क्रमित थपिए

फिचर |
खुला |


कास्कीका ६६ सहित प्रदेशभर ७४ सङ्क्रमित थपिए



तारा चापागाईं
पोखरा, असोज १ गते । कास्कीमा ६६ जनासहित गण्डकी प्रदेशमा ७४ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका तीन जिल्लामा ७४ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । कास्कीका ६६ मध्ये ४० जना प्रहरी रहेका छन् ।
कास्कीका ६६ बाहेक लमजुङका पाँच र तनहुँका तीन जनामा कोरोना पुष्टि भएको हो । योसहित गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीनहजार २८० पुगेको छ ।
तीमध्ये एकहजार ९३५ संक्रमित निको भएका छन् भने ३१ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?