logo
२०८० चैत्र १६ शुक्रवार



कोरोना विरुद्धकाे क्लिनिकल ट्रायलमा रहेको खोप केही समयका लागि स्थगन

फिचर |
बिज्ञान |


कोरोना विरुद्धकाे क्लिनिकल ट्रायलमा रहेको खोप केही समयका लागि स्थगन


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २४ गते । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले कोरोना भाइरस विरुद्धको खोपको क्लिनिकल ट्रायलममा सहभागी एक जनामा गम्भीर रियाक्सन भए पछि यसको अन्तिम क्लिनिकल परीक्षण केही समयका लागि स्थागन गरेको छ ।
सो विश्वविद्यालय र अस्ट्राजेनिकाले विकास गरेको सो खोप एक अज्ञात विरामीका कारण केही सयम स्थगन गरिएको र सो कार्य नियमित भएको बीबीसीको समाचारमा उल्लेख छ ।
सो खोपबारे विश्वव्यापी रुपमा निकै अभिरुचीपूर्वक हेरिएको थियो ।

के भन्छन् खोप अनुसन्धानकर्ता
अन्तराष्ट्रिय स्तरमा बिभिन्न देशहरुमा भएको परीक्षण अहिलेलाई रोकिएको र एक स्वतन्त्र अनुसन्धान समूहले सबै सुरक्षा सूचनाहरुको समीक्षा गरेर परीक्षण पुन सुरु गर्ने नगर्ने निर्णय नगरेसम्मका लागि स्थगन गरिएको समाचारमा जनाइएको छ ।
धेरै ठूलो परिणाममा गरिएको परीक्षण कारणबस कोही विरामी हुन सक्छ तर यसलाई होसियारीपूर्वक जाँच गर्न स्वातन्त्र रुपमा समीक्षा हुनु जरुरी छ ।अक्सफोर्डले कोरोना विरुद्धको खोपको परीक्षण स्थागन गरेको यो दोस्रो पटका हो र यस प्रकारको ठूलो परीक्षणमा यस्तो हुन सामान्य भएको र विरामी हुनुको कारण थाह नभए पछि कुनै पनि बेला परीक्षणमा सहभागी स्वयंसेवक अस्पताल भर्ना हुन सक्छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?