logo
२०८१ बैशाख ७ शुक्रवार



गीताको हत्या आरोपमा पक्राउ परेका भतिजा निर्मल घरमा आउजाउ गर्थे

फिचर |


गीताको हत्या आरोपमा पक्राउ परेका भतिजा निर्मल घरमा आउजाउ गर्थे


मुकुन्द गैरे 
काठमाडौँ, भदौ २० गते । ललितपुर अल्का अस्पतालमा कार्यरत कर्मचारी गीता केसीको हत्याको संलग्न भएको आशङ्कामा उहाँका भतिजा निर्मल केसीलाई प्रहरीले प्रक्राउ गरेको छ ।
निर्मललाई ललितपुरकोे भैँसीपाटी घरबाट प्रक्राउ गरेर अनुसन्धानको लागि चापागाउँ प्रहरी कार्यालय पठाइएको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
अनुसन्धानमा ३९ वर्षीया गीताको घाँटी थिचेर हत्या गरिएको हुनसक्ने प्रहरीले अनुमान छ । उनको शव गोदावारी नगरपालिका–१०, मुलडोलस्थित लेलेको जङ्गलमा भेटिएको हो ।
हाल शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ । मृतक केसीको शरीरमा धेरै चोटपटक देखिएको छैन ।
भदौ १७ गते भतिजा निर्मलसँग अफिस जान्छु भनेर हिँडेकी गीता राति अबेरसम्म घर नआएपछि अर्को दिन उहाँको परिवारले हराएको भनी प्रहरीमा निवेदन दिइएका थिए ।
प्रहरी कार्यालयमा निवेदन आएसँगै गीताको खोजीको लागि प्रहरी अनुसन्धान सुरु गरेको थियो ।
हिजो शुक्रबार बेलुका ७ बजेतिर स्थानीय बासिन्दाले अल्का अस्पतालको परिचय पत्रसहित लास देखेको खबर गरेपछि प्रहरी त्यस घटनास्थल तर्फ गएको एसएसपी राई बताउनुहुन्छ ।
मृतक गीताका दुई बच्चा छन् । गीता अल्का अस्पतालमा ‘हाउस किपर’ को रुपमा काम गर्नुहुन्थ्याे । भतिजा निर्मल केसी र उहाँबीच केही वर्षदेखि निकट सम्बन्ध रहेको प्रहरी अधिकारी बताउँछन् । निर्मल मृतक गीताको घरमा आउने जाने गर्थे ।
उनीहरूबीच अरु के –कस्तो सम्बन्ध थियो भन्ने बारेमा अनुसन्धानबाट थाहा हुने ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राई बताउनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप