logo
२०८१ बैशाख ८ शनिवार



पर्सामा सात दिनमा निको हुनेको सङ्ख्या बढ्यो, ३६९ सङ्क्रमणमुक्त 

फिचर |
प्रदेश |


पर्सामा सात दिनमा निको हुनेको सङ्ख्या बढ्यो, ३६९ सङ्क्रमणमुक्त 


दिपकप्रसाद गौतम
वीरगञ्ज, भदौ १७ गते । पर्सा जिल्लामा पछिल्लो केही दिनयता फेला पर्ने नयाँ सङ्क्रमित सङ्ख्या घट्दो क्रममा रहेको देखिन्छ भने कोरोनामुक्त भएर घर फर्किनेको सङ्ख्या बढ्दैगएको छ ।

भदाै १६ गते सम्म कुल दुई हजार २११ सङ्क्रमित फेला परिसकेको पर्सा जिल्लामा पछिल्लो सात दिनमा कोरोनामुक्त भई घर फर्किनेको सङ्ख्या आशलाग्दो देखिएको हो । भदाै १० गते देखि १६ गतेसम्मको सात दिने अवधिमा ३६९ जना सङ्क्रमितहरू कोरोनामुक्त भएका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्साले उपलब्ध गराएको तथ्याङ्कअनुसार जिल्लामा पछिल्लो सात दिनमा ३६९ जना सङ्क्रमित उपचारपश्चात् सङ्क्रमणमुक्त भई घर फर्किएका छन् भने सोही अवधिमा थप २१४ जना सङ्क्रमित थपिएका छन् । थपिएका कोरोना सङ्क्रमितहरूको सङ्ख्याभन्दा कोरोनामुक्त हुनेको सङ्ख्या १५५ ले बढी रहेको छ ।
पछिल्लो सात दिनमध्ये भदाै ११ गते सबैभन्दा बढी विभिन्न उमेर समूहका १०३ जना सङ्क्रमितहरू उपचारपश्चात सङ्क्रमण निको भई घर फर्केका थिए भने त्यस दिन थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । त्यस्तै भदाै १० गते विभिन्न उमेर समूहका ६६ जना उपचारपश्चात निको भई घर फर्केका थिए भने त्यस दिन थप १९ जनामा कोरोना पुष्टि भएको थियो ।

त्यसरी नै भदाै १३ गते विभिन्न उमेर समूहका ६१ जना सङ्क्रमण निको भई घर फर्केकामा जिल्लामा थप ३१ जनमा सङ्क्रमण पुष्टि भएको थियो । त्यस्तै भदाै १४ गते विभिन्न उमेर समूहका ३७ जना निको भई घर फर्केका ४७ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

त्यस्तै भदाै १२ गते विभिन्न उमेर समूहका ३९ जना निको भई घर फर्केका र थप ४२ जनामा सङ्क्रमण पुष्टि भएको थियो । भदाै १४ गते विभिन्न उमेर समूहका ३७ जना निको भई घर फर्केका थिए, थप ४७ जनामा सङ्क्रमण पुष्टि भएको थियो । त्यसरी नै भदाै १५ गते विभिन्न उमेर समूहका २१ जना निको भई घर फर्केका थिए भने थप ३४ जनामा कोरोना पुष्टि भएको थियो । भदाै १६ गते पनि ४२ जना कोरोना मुक्त भई घर फर्केकामा थप नयाँ सङ्क्रमितहरू ३४ जना भेटिएका थिए ।

पर्सामा सङ्क्रमित हुनेहरूमा २४ जना भारतीय नागरिक, १३५ जना स्वास्थ्यकर्मी, १०८ जना सुरक्षाकर्मी, १४ जना सञ्चारकर्मी, १०७ कैदी थुनुवा, ४९ जना अस्पताल सफाइकर्मी, गार्ड, का.स. र तीन जना एम्बुलेन्स चालक रहेको र पर्सामा दुई हजार २११ जना कोरोना सङ्क्रमत पुष्टि भएकों जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?