logo
२०८० चैत्र १६ शुक्रवार



गण्डकीमा १४ दिनको शिशुसहित ३९ जना सङ्क्रमित थपिए

फिचर |
प्रदेश |


गण्डकीमा १४ दिनको शिशुसहित ३९ जना सङ्क्रमित थपिए


तारा चापागाईं दुवे
पोखरा, भदौ १६ गते । गण्डकीमा ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । पछिल्लो पटक कोरोना पुष्टि हुनेमा लमजुङको बेँसीसहरका मात्रै २६ जना छन् ।
लमजुङका १४ दिनका नाबालकसमेत छन् । यस्तै बैङ्कका कर्मचारी, नेपाल प्रहरी र पत्रकारसमेत रहेका छन् । बाग्लुङमा एक जना, नवलपरासी पूर्वमा १० जना सङ्क्रमित भेटिएका छन् । योसँगै गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या दुई हजार दुई सय पाँच जना पुगेका छन् ।
यस्तै पोखरामा एक जना पर्यटन व्यवसायीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । पोखरा-६ का ४५ वर्षीय पुरुषलाई कोरोना पुष्टि भएको हो । उहाँको पोखराको लेकसाइडमा ट्रेकिङ एजेन्सी रहेकाे छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उहाँ चरक मेमोरियल हस्पिटल पुग्नुभएको थियो । सोही अस्पतालमा उपचार भइरहेको छ । पोखरामा आज अर्की युवतीमा पनि कोरोना पुष्टि भएको छ । पोखरा-१३ की २४ वर्षीया युवतीमा पोजिटिभ देखिएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?