logo
२०८० चैत्र १६ शुक्रवार



पर्सामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु

फिचर |
प्रदेश |


पर्सामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु


दिपकप्रसाद गौतम
वीरगञ्ज, भदौ १५ गते । पर्साको वीरगञ्ज महानगरपालिकाको गण्डक बहुअरीमा रहेको वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
नारायणी अस्पतालका प्रवक्ता तथा सूचना अधिकारी डा. अतुलेश चौरसियाले सोमबार दिउँसो ३ बजेर २० मिनट जाँदा वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररत सङ्क्रमितको मृत्यु भएको पुष्टि गर्नुभयो ।
मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २४ बहुअरीका ८० वर्षीय पुरुष सङ्क्रमित रहेको डा. चौरसियाले जानकारी दिनुभयो ।
भदौ १३ गते स्वास्थ्यमा समस्या आएपछि नारायणी अस्पतालमा ल्याइएको थियो भने सोही दिन स्वाब सङ्कलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएपछि ती सङ्क्रमित पुरुषलाई वीरगञ्ज हेल्थकेयर अस्पतालमा भर्ना गरिएको थियो । कुनै ट्राभल हिस्ट्री नभएका ती पुरूषलाई लिभर, मधुमेह र निमोनियाको समस्या रहेको र आइसियुमा राखेर उपचार गराइरहेको अवस्थामा मृत्यु भएको डा. चौरसियाले बताउनुभयो ।
थप एक जनाको मृत्यु भएसँगै पर्साका कोरोना सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको जिल्ला प्रशासन कार्यालय, पर्साले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?