logo
२०८१ बैशाख ८ शनिवार



पूर्वी नवलपरासीका एक सङ्क्रमितको चितवनमा मृत्यु

फिचर |
प्रदेश |


पूर्वी नवलपरासीका एक सङ्क्रमितको चितवनमा मृत्यु
सांकेतिक तस्बिर


होमराज रानाभाट
विनयीत्रिवेणी (नवलपरासी), भदौ १४ गते । पूर्वी नवलपरासीमा पहिलोपटक एक जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । विनयी त्रिवेणी गाउँपालिका वडा नं ६ निवासी सङ्क्रमित पुरुषकाे उपचारको क्रममा शनिबार राति चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताउनुभयो ।
एक साताअघि उच्च ज्वरो आउने र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई रजहरस्थित प्राकृतिक चिकित्सालयमा भर्ना गरिएकोमा त्यहाँ निको नभएपछि थप उपचारको लागि चितवन मेडिकल कलेज लगिएको थियो । चितवन मेडिकल कलेजमा पीसीआर परीक्षणको क्रममा पोजिटिभ देखिएपछि उनको आइसियुमा राखेर उपचार भएको थियो । उनको शनिबार राति निधन भएको हो । कोरोना परीक्षणमा शनिबार मात्रै उनको रिपोर्ट पोजिटिभ आएको थियो ।
पूर्वी नवलपरासीमा कोरोना सङ्क्रमितको मृत्यु भएको यो पहिलो घटना हो । प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले मृतकका शव व्यवस्थापन परिवारको सदस्यसँग सल्लाह गरेर जिल्ला प्रशासन कार्यालय चितवनको समन्वयमा चितवनमा आज गरिने तयारी भइरहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?