logo
२०८१ बैशाख ७ शुक्रवार



धुलिखेल अस्पतालका १२० स्वास्थ्यकर्मी क्वारेन्टाइनमा, अस्पताल सिल

स्वास्थ्य |


धुलिखेल अस्पतालका १२० स्वास्थ्यकर्मी क्वारेन्टाइनमा, अस्पताल सिल


मधुसुधन तिमल्सिना
काभ्रे, साउन २९ गते । धुलिखेल अस्पतालका स्वास्थ्यकर्मी र बिरामीमा कोरोना देखिएपछि अस्पतालको आकस्मिक बाहेकका अन्य सेवा बन्द गरिएको छ । बिरामी र स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि अस्पतालले ओ.पी.डी, आकस्मिक कक्ष र वार्ड सहित संक्रमण फैलिएको आंशका भएकाले केही समय अस्पतालको सेवा बन्द गरी निसङ्क्रम गर्न आवश्यक देखिएकाले संक्रमणमुक्त नहुन्जेलसम्म अस्पतालको आकस्मिक सेवा मात्र सञ्चालन हुने जनाएको छ ।
बिहीबार साँझ एक प्रेस बिज्ञप्ति मार्फत अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश माकजूले गत सोमबारदेखि बिहीबार सम्ममा चार बिरामी र एक उपचारमा सलग्न स्वास्थ्यकर्मी सहित पाँच जनामा कोरोना पोजेटिभ देखिएकाले करिब १२० डाक्टर र उपचारमा सलग्न स्वास्थ्यकर्मी एकान्तबास (क्वारेन्टाइन) बसेको जनाउनुभएको छ । बिज्ञप्ति मा एकान्तबासमा रहेका व्यक्तीहरुको नमूना संकलन गरी परीक्षण भैइरहेकाले सोको जानकारी सहित सेवा सूचारु सम्बन्धी अर्को सूचना साउन ३२ गते आइतबार प्रकाशन गर्ने जनाएको छ ।
कोरोना परीक्षण गर्दै आएको उक्त अस्पतालमा चैत २३ गते यता ११ हजार ४८ जनाको परीक्षण गरेको जनाएको छ । अस्पतालमा २१ जना कोरोना पोजेटिभ र छ जना अन्य बिरामी उपचारमा रहेका छन । अस्पतालले स–शुल्क कोरोना परीक्षण सुरु गरेको जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?