logo
२०८१ बैशाख १३ बिहीवार



बाँकेमा ३० जनाले कारोना जिते

फिचर |
प्रदेश |


बाँकेमा ३० जनाले कारोना जिते


सिराज खान
नेपालगञ्ज, साउन २९ गते । बाँकेमा विहीबार ३० जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भर्इ घर फर्किएका छन् । समुदायमा संक्रमण फैलिएपछि पछिल्लो समयमा संक्रमितहरु बढ्दै गएको बेला विहिबार एकै पटक ठुलो संख्यामा संक्रमितहरु डिस्चार्ज भएका हुन् ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठका अनुसार विहीबार निको भएर घर फर्किनेहरुमा आन्तरिक राजश्व कार्यालयका अधिकृतसहित कर्मचारी र उनका आफन्तहरु, त्रिभुवन चोकको मिठाइ पसलका परिवार तथा नेपालगञ्ज उपमहानगरपालिकाका कर्मचारी रहेका छन् ।
उहाँले निको भएर फर्किनेहरुमा नेपालगञ्जका १८ जना कोहलपुर र राप्तीसोनारीका एक–एकजना तथा दाङ, बर्दिया, दैलेख र पर्साका एक–एकजना रहेको बताउनुभयो ।
सुर्खेत र कञ्चनपुरका दुई–दुईजना गरी चारजना पनि विहीबार नै डिस्चार्ज भएका छन् । कोरोनाबारे जानकारी दिन सम्पर्क व्यक्ति तोकिनु भएका श्रेष्ठका अनुसार विहिबार डिस्चार्ज भएकाहरुमा अधिकांश आन्तरिक राजस्व कार्यालयका कर्मचारी र र उपमहानगरपालिकाका कर्मचारी रहेका छन् ।
उहाँका अनुसार तीस जना विहीबार डिस्चार्ज भएसँगै बाँकेमा कोरोना भाइरस संक्रमण जित्नेको संख्या ४३५ पुगेको छ । हालसम्म जिल्लामा संक्रमित हुनेको संख्या ६ सय ६७ पुुगेको छ । तीमध्ये तीनजना संक्रमितको मृत्यु भइसकेको छ ।
दुइसाता अघि संक्रमितको संख्या घटेर १२ जनामा पुगिसकेको बेला नेपालगञ्जको एक मिठाई पसल, आन्तरिक राजस्व कार्यालय र अन्य सरकारी कार्यालय, प्रहरी कार्यालय तथा बैंकहरुमा संक्रमण तिव्र गतिमा फैलिएपछि फेरी संक्रमित थपिंदै जाँदा अहिले पनि २२५ जना आइसोलेसनमा उपचार गराईरहेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?