logo
२०८१ बैशाख ८ शनिवार



नेपालले आयोजना गर्ने फिफा विश्वकप दोस्रो चरणको छनोट प्रतियोगिता स्थगित

खेलकुद |


नेपालले आयोजना गर्ने फिफा विश्वकप दोस्रो चरणको छनोट प्रतियोगिता स्थगित
तस्विर–एन्फा, प्रतियोगिताको तयारी स्वरुप खेलाडी तथा टोली सदस्यहरुको स्वाब सङ्कलन गर्दै एन्फा


गोरखापत्र अनलाइन
काठमाडौं, साउन २८ गते । एशियामा विश्वकप र एशिया कपको छनोट प्रतियोगिताको दोस्रो चरणको खेलहरुको पुर्नतालिका हुने भएको छ । नेपालले विश्वकप र एशिया कप फुटबलको छनोट खेलका लागि प्रशिक्षणको तयारी गरिरहँदा एएफसी र फिफाले यस प्रकारको निचोडमा पुगेको हो । अखिल नेपाल फुटबल संघले गत् आइतबार मात्रै प्रशिक्षणमा सहभागी हुने खेलाडीहरुको कोभिड–१९ परीक्षणका लागि स्वाब सङ्कलन गरेको थियो ।
एशियाली फुटबल संघका अनुसार आगामी अक्टोबर र नोभेम्बर महिनाका लागि निर्धारित खेलहरु तात्कालका लागि स्थगित गरिएको छ । दोस्रो चरणको सबै खेल नेपालले आयोजना गर्ने तालिका रहेको छ । दोस्रो चरणको खेलहरु सन् २०२१ मा पुर्नतालिका गरिने एएफसीले जनाएको छ ।
छनोट खेलमा सहभागी हुने अधिकांश एशियाली राष्ट्रहरु कोभिड–१९ को सङ्क्रमणको जटिल अवस्थामा रहेको छ । कतिपय राष्ट्रले अन्तर्राष्ट्रिय यात्रामा प्रतिबन्ध लगाउनुका साथै यात्रा गर्नैपर्ने भए कठोर उपायहरुको पालना गर्नुपर्ने प्राबधान लागू गरेको छ ।
फिफा विश्वकप फुटबल प्रतियोगिता सन् २०२२ मा कतारमा आयोजना हुनेछ । एशिया कप फुटबल सन् २०२३ मा आयोजना हुनेछ ।
“प्रतियोगितामा खेल्ने राष्ट्रका सहभागीहरुलाई स्वास्थ्यको पूर्ण सुरक्षालाई ध्यानमा राख्दै फिफा र एएफसीले नजिकबाट नियाल्दै छनोट खेलको तिथि सार्वजनिक गर्नेछ ।”–एएफसीले पठाएको वक्तब्यमा उल्लेख गरिएको छ ।
नेपालले विश्वकप र एशिया कप छनोट खेलको लागि चाइनिज ताइपेइसँगै असोज २२ गते, अष्ट्रेलिया विरुद्ध असोज २७ मा र जोर्डनसँग कात्तिक २७ गते खेल्ने तय भएको थियो। । तीनवटै खेलको आयोजना नेपालले नै गर्ने तय गरिएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?