logo
२०८० चैत्र १६ शुक्रवार



उदयपुरमा एकै परिवारका चारसहित थप पन्ध्र जनामा कोरोना पुष्टि

प्रदेश |


उदयपुरमा एकै परिवारका चारसहित थप पन्ध्र जनामा कोरोना पुष्टि


भक्तिविलास पोखरेल

गाईघाट, साउन २७ गते । उदयपुरमा एकै परिवारका चारसहित थप १५ जना कोरोना भाइरसबाट संक्रमित भएकाछन । योसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या एक सय चार पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

विपिकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कोसी अस्पताल विराटनगरमा गरिएको पछिल्लो पिसिआर परिक्षणको नतिजाअनुसार जिल्लाको बेलका नगरपालिका वडा नं ९ रामपुर बजारमा एकै परिवारका चार र त्रियुगा नगरपालिका वडा नं ९ गैरुनमा एकै परिवारका तीन जनामा कोरोना पुष्टि भएको हो । यो परिणामले अवभने समुदाय स्तरमा नै कोरोना फैलिसकेको सहजै अनुमान गर्न सकिन्छ ।

केही दिन अघि मालपोत कार्यालय गाईघाटका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय सिल गरि कन्ट्रयाक्ट ट्रेसिङको आधारमा गरिएको पिसिआर परिक्षणमा मालपोत कार्यालयकै छ जनामा कर्मचारीमा एकै चोटी कोरोना संक्रमण भेटिएको जिल्ला स्वास्य कार्यालयका प्रमुख मोहनप्रसाद सुवेदीले बताउनुभयो ।

उहाँका अनुसार बेलका नगरपालिका वडा नं ९ रामपुर बजारका ६८ वर्षिय पुरुष, ६० वर्षिय महिला, २० वर्षिय महिला, २० वर्षिय महिला, १८ वर्षिय पुरुष, १७ वर्षिय महिला र साहारा लद्युबित रामपुरमा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि भएको हो ।

त्यसैगरी त्रियुगा नगरपालिका वडा नं ९ गैहिरुनका ६२ वर्षिय महिला, ३० वर्षिय महिला, ३८ वर्षिय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको र उहाँहरु सबै यसअघि नै कोरोना पुष्टि भएका मालपोत कार्यालय गाईघाटका कर्मचारीका एकै घरका परिवारहरु भएको स्वास्थ्य प्रमुख सुवेदीले बताउनुभयो ।

त्यसैगरी पछिल्लो परिक्षणमा कोरोना पुष्टि भएका मालपोत कार्यालय गाईघाटका अन्य कर्मचारीहरु ४४ वर्षिय पुरुष, ३८ वर्षिय पुरुष, ३२ वर्षिय पुरुष, ३२ वर्षिय महिला, २७ वर्षिय पुरुष र ४२ वर्षिय पुरुष रहेको पनि स्वास्थ्य प्रमुख सुवेदीले बताउनुभयो ।

त्यसैगरी केहि दिन अघि बेलका नगरपालिकामा २ वर्षिय नाबालक सहित एकै घरका ४ जना सहित पुन ९ जनामा कोरोना संक्रमित थपिएको थियो ।  बेलका क्षेत्रमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिएकोले त्यहाँका जनजीवन अहिले त्रसित बनेको छ ।

उदयपुरमा संक्रमित भएकाहरुलाई चौदण्डीगढी नगरपालिका वडा नं ६ सातधारेस्ति कोरोना उपचार केन्द्र बेल्टारमा राखेर उपचार गराई राखेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका श्रोत ब्यक्ति लौकाजी राईले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?