logo
२०८१ बैशाख ६ बिहीवार



प्रवेश विन्दुमा अत्यन्त कडाइ गर्नुपर्ने उपत्यका नगरपालिका फाेरमकाे अपिल

फिचर |
समाज |


प्रवेश विन्दुमा अत्यन्त कडाइ गर्नुपर्ने उपत्यका नगरपालिका फाेरमकाे अपिल
तस्बिर साैजन्यः नृपेन्द्रलाल श्रेष्ठ


गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन २६ गते । कोरोना सङ्क्रमण (कोभिड १९) को जोखिममा राजधानी भएको हुनाले प्रवेश गर्ने विन्दूहरूमा अत्यन्त कडाइ गर्न अनिवार्य गर्नुपर्ने सुझाव दिएको छ ।
उपत्यका नगरपालिका फोरमले सोमबार आयोजित गरेको पत्रकार सम्मेलनमा उपत्यकामा अत्यन्त घना बस्तीयुक्त क्षेत्र रहेको हुँदा कोरोना सङ्क्रमण समुदायस्तरमा पुग्ने खतरा हुने हुनाले प्रस्थान विन्दूबाट अवैध रुपमा अनधिकृत रुपमा समेत मानिसहरू प्रवेश गर्ने र गराउनेलाई कार्यलाई पुर्णतः नियन्त्रण गर्न नेपाल सरकारलाई अनुरोध गरेका छन् ।

यसैगरी भदौ १५ गतेसम्म सार्वजनिक यातायातलाई सञ्चालमा रोक लगाउने फोरमले सुझाव पनि दिएको छ । सार्वजनिक यातायात पूर्णरुपमा सञ्चालन भएपछि सङ्क्रमण दर तीव्र भएको भन्दै उक्त निर्णय गरेको जनाएको छ । उपत्यकाभित्र समुदाय स्तरमा सङ्क्रमणको उच्च जोखिमलाई ध्यानमा राखि स्थानीय तहबाट अत्यावश्यक सेवाबाहेक अन्य सेवा प्रवाहलाई तीन हप्ताको लागि बन्द गर्ने निर्णय भएको छ ।

आर्थिक गतिविधिलाई चलायमान गर्नका लागि खुकुलो बनाइएको र बाक्लो आवतजावत रहन गएका व्यापारिक क्षेत्र तथा सपिङ मलहरू, होटल, रेष्टुराँ आदिमा कोभिड—१९ सङ्क्रमणको उच्च जोखिमयुक्त क्षेत्र रहेको हुँदा सो क्षेत्रमा सतर्कता मापदण्डलाई कडाइका साथ पालना गर्नुपर्ने पत्रकार सम्मेलनमा निर्णय भएको जनाइएको छ ।
बैठकमा कोरोना भाइरसको सङ्क्रमण रहे नरहेको पुष्टि गर्ने अन्तिम विकल्प पीसीआर परीक्षण रहेको भएपनि पीसीआर परीक्षणको उपयोगितामा ध्यान दिनुपर्ने फोरमले छलफल गरेको छ । सङ्क्रमण रोकथामको लागि क्वारेन्टाइनको सङ्ख्या र गुणस्तरमा विस्तार, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको परिचालन र सेवा विस्तारमा ध्यान दिन आवश्यक देखिएकोले त्यसतर्फ प्राथमिकता दिन सुझाव पनि दिएका छन् ।

कलकारखाना, उद्योग धन्दाहरू, निर्बाध रुपमा सञ्चालन भइरहँदा त्यस्ता स्थानमा कार्यरत मजदुरहरूको दैनिक आवतजावत गर्दा सङ्क्रमण जोखिम बढेकाले उद्योग तथा कलकारखानाभित्र क्वारेन्टिनको व्यवस्था गराउनुपर्ने तथा स्वास्थ्य मापदण्ड पूरा गरेर मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

बैठकमा सामाजिक सुरक्षा भत्ता प्रायोजनको लागि नवीकरण गर्ने म्याद साउन मसान्तसम्म रहेकोमा उक्त म्यादका कारण वडास्तरमा ज्येष्ठ नागरिकको भिडभाड भई कोभिड—१९ को सङ्क्रमण झन बढ्ने भएकाले उक्त म्याद हाललाई असोज मसान्तसम्म कायम गर्न सरकारलाई अनुरोध गरेको छ ।

तेस्रो मूलुकबाट आउनसक्ने यात्रुलाई ध्यानमा राखी क्वारेन्टाइन व्यवस्थापन र सञ्चालन नियमावलीअनुसार रहने गरी एकीकृत क्वारेन्टाइन सङ्घीय सरकारले सञ्चालन गर्ने र स्थानीय तहले व्यवस्थापनमा सहयोग गर्नेगरी तयारी गर्न पनि सरकारलाई सुझाव दिएको छ ।

उपत्यकामा समुदायस्तरमा कोभिड—१९ को सङ्क्रमण जानसक्ने खतरालाई ध्यानमा राखी सरकारको समर्थन वा विरोधमा र्याली, भेला, अनसन, जुलुसलगायत गतिविधि गर्न कडाइका साथ निषेध गरिनुपर्ने तथा भिड हुने साँस्कृतिक गतिविधि जात्रा पर्व सञ्चालनमा पनि रोक लगाउन अनुरोध गर्ने निर्णय भएको छ ।
सङ्क्रमण सर्न सक्ने सम्भावनालाई न्यूनीकरण गर्न मास्क उपयुक्त र अनिवार्य भएको भन्दै मास्क नलगाई आवतजावत गर्न तथा मास्कलाई उपयुक्त रुपमा प्रयोग नगर्नेहरूलाई कारबाही गर्न समन्वय गर्ने निर्णय गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?