logo
२०८० चैत्र १५ बिहीवार



प्यूठानमा नेपाली सेनाको १४ जनासहित २३ मा काेरोना सङ्क्रमण

फिचर |
प्रदेश |


प्यूठानमा नेपाली सेनाको १४ जनासहित २३ मा काेरोना सङ्क्रमण


सुजल श्रेष्ठ
प्यूठान, साउन २६ गते । प्यूठानमा नेपाली सेनाका १४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । जिल्लास्थित इन्द्रध्वज गणमा कार्यरत १४ जना सैनिकलाई सङ्क्रमण देखिएको हो ।
त्यसै गरी जिल्ला प्रहरी कार्यालय प्यूठानको हिरासतमा रहेका एक जना थुनुवालाई समेत सङ्क्रमण भएको छ । त्यसबाहेक स्वर्गद्धारी नगरपालिकामा छ जना, मल्लरानी गाउँपालिकाका एक जना व्यक्तिमा कोरोना देखिएको छ । एक जनाको ठेगाना खुल्न बाँकी रहेको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले बताउनुभयो ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा एकै दिन २३ जनामा कोरोना सङ्क्रमण देखिएको हो । तीन जना महिला र २० जना पुरुष रहेका छन् । उनीहरूको उमेर १२ देखि ४६ वर्षसम्मको रहेकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?