logo
२०८० चैत्र १६ शुक्रवार



सङ्क्रमित सबैले जितेपछि म्याग्दी कोरोनामुक्त

फिचर |
राष्ट्रिय |


सङ्क्रमित सबैले जितेपछि म्याग्दी कोरोनामुक्त



अमृतप्रसाद पौडेल
बेनी, साउन २४ गते । म्याग्दीका थप छ जनाले कोरोना जितेपछि सङ्क्रमित सबै ४७ जनाले कोभिड–१९ जितेका छन् । योसँगै म्याग्दी कोरोना सङ्क्रमित सबैले कोरोना जितेकाले कोरोनामुक्त जिल्ला भएको छ ।

सदरमुकाम बेनीमा आइसाेलेसन राखेर उपचार गरिरहेका छ जनाले कोरोना भाइरस जितेर शनिबार बिहान घर फर्केका हुन् । म्याग्दीमा हाल सम्म पाँच महिलासहित ४७ जनामा सङ्क्रमण पुष्टि भएको र सबैजना कोरोना जितेर घर गइसकेका छन् ।

बहराइनबाट आएका मङ्गला गाउँपालिका–२ का ३७ वर्षीय पुरुष, साउदीबाट आएका मङ्गला गाउँपालिका–५ का ३० वर्षीय पुरुष, बहराइन आएका अन्नपुर्ण-८ का ४९ वर्षीय, अन्नपूर्ण गाउँपालिका–८ का साउदीबाट आएका ३५ वर्षीय पुरुष, साउदीबाटै आएका अन्नपूर्ण गाउँपालिका–३ का २३ वर्षीय पुरुष, र कुवेतबाट आएका मालिका गाउँपालिका–४ का ३४ वर्षीय पुरुषले कोरोना जितेको जनस्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले सबैले कोरोना जितेसँगै जिल्ला कोरोनामुक्त भएको बताउनुभएको छ । प्रजिअ ढकालले समुदायमा सङ्क्रमण फैलिए नफैलिएको बारेमा एकिन गर्न नसकिएकाले सबैले संयम र अनुशासित भएमा कोरोना फैलावट रोक्न सकिने बताउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?