logo
२०८० चैत्र १५ बिहीवार



घनघस्यामा नाङ्गै हिँड्ने आरतीलाई लुगा सहयोग

फिचर |
पढ्नै पर्ने |
खुला |


घनघस्यामा नाङ्गै हिँड्ने आरतीलाई लुगा सहयोग
नौ वर्षीया आरती भण्डारी पहिले र अहिले



गोकर्ण दयाल
बैतडी, साउन २३ गते । लगाउने लुगा नहुँदा घनघस्याको लेकमा नाङ्गै गोठालो जाने नौ वर्षकी आरती भण्डारीलाई लुगा प्राप्त भएको छ ।

डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका–१, खतेडा गाउँकी आरती भण्डारीको विषयमा गोरखापत्रमा समाचार प्रकाशित भएपछि सशस्त्र प्रहरी बल ५१ नम्बर गुल्म बैतडीका प्रमुख (डिएसपी) अमित सिंहले नौ वर्षीया आरती भण्डारी र १२ वर्षीय पारस भण्डारीलाई लगाउने लुगा र चप्पल प्रदान गर्नुभएको छ ।

“जिउ ढाक्ने लुगा नहुँदा बालबालिका नाङ्गै हिँडेको देख्दा मन दुःख्यो”, गुल्म प्रमुख सिंहले भन्नुभयो, “यो बेलामा पनि एक जोर लुगा लगाउन र दुई छाक खान नपाउनु विडम्बनाको कुरा हो । नानीको घरसम्मै लुगा पुग्ने गरी पठाएको हुँ ।”

सम्बन्धित समाचार

  गरिबीको सजीव तस्बिर, घनघस्याको चिसो लेकमा नाङ्गा गोठाला

नयाँ लुगा पाएपछि आरतीले निकै खुशी लागेको बताउनुभयाे । बहिनीसँगै आफूले पनि नयाँ लुगा पाएकोमा १२ वर्षीय पारस भण्डारीले पनि खुशी लागेको बताउनुभयो ।

आरतीसँग जिउ ढाक्ने लुगा थिएन । बुबा शारीरिक रुपमा अपाङ्ग हुँदा कमाइ गर्ने मान्छे छैन । घरमा खान पुग्दैन । “परिवारमा सात जना सदस्य रहेका छन् । खान पुग्दैन । स्थानीय सरकारले पनि हेरेको छैन”, बुबा नारसिंह भण्डारीले भन्नुभयो ।

आरती र पारसका विषयमा समाचार प्रकाशित भएपछि केही मनकारीले थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । गोरखापत्र अनलाइनमा प्रकाशित समाचारमै आफ्नो प्रतिबद्धता जनाउँदै वीरबहादुर ऐर, झ चौलागाईं र रमेश हतवालीले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?